२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हमासले आज चार इजरायली बन्धकको शव बुझाउँदै

    • संजय कुशवाहा संजय कुशवाहा
    • today८ फाल्गुन २०८१

    प्यालेस्टिनी लडाकु समूह हमासले आज चार जना बन्धकको शव र शनिबार ६ जना बन्धक इजरायललाई हस्तान्तरण गर्ने जनाएको छ।  हमासका गाजा प्रमुख तथा मुख्य वार्ताकार खलिल अल हय्याले यस कुराको घोषणा गगरेका हुन्। हस्तान्तरण गरिने चार शवमध्ये तीन जना एकै परिवार अर्थात ‘बिबास फ्यामिली’का रहेका छन्। ती तीन जनामा श्रीमती शिरी बिबास र उनका दुई छोरा केफिर बिबास र एरिएल बिबासको शव रहेको बताइएको छ।

    Ad
    Ad
    Ad

     

    २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा हमासले बन्धक बनाउँदा केफिरको उमेर जम्मा ९ महिना र एरियलको उमेर चार वर्ष रहेको थियो। केफिर हमासले अपहरण गरेका सबैभन्दा कलिलो उमेरका बन्धक हुन्। यी तिनै जना इजरायली सेनाले गरेको बमबारीमा २०२३को नोभेम्बरमै मारिएको आरोप हमासले लगाउँदै आएको छ। यी बालकका पिता तथा शिरीका श्रीमान यार्डेन बिबासलाई पनि हमासले बन्धक बनाएकोमा उनलाई यसै महिनाको सुरूमा मुक्त गरेको थियो। यार्डेनलाई हमासले परिवारसँगै नभई बेग्लै स्थानबाट आफ्नो नियन्त्रणमा लिएको थियो ।

    Ad
    Ad
    Ad

     

    यस्तै हमासले शनिबार पूर्व निर्धारितभन्दा दोब्बर अर्थात ६ जना बन्धक रिहा गर्ने घोषणा गरेको छ।  हमासले शनिबार रिहा गर्ने ६ बन्धकमध्ये दुई जना भने २०१४ र २०१५ मा गाजाभित्र प्रवेश गरेपछि हमासले बन्धक बनाएका इजरायली नागरिक रहेको जनाइएको छ। अन्य चार जना भने २०२३ को अक्टोबर आक्रमणका क्रममा बन्धक बनाइएका इजरायली नागरिक रहेका छन्।  इजरायल सरकारले पनि शनिबार रिहा हुने भनिएका बन्धकको नाम पुष्टि गरेको छ। इजरायलले चलायमान घर ‘मोबाइल होम’ र निर्माण उपकरण गाजाभित्र प्रवेश गर्न दिने सहमति जनाएपछि हमासले निर्धारितभन्दा दोब्बर जीवित बन्धक रिहा र चार मृत बन्धकको शव हस्तान्तरण गर्न सहमति जनाएको बताइएको छ।जनवरी १९ देखि गाजा युद्धविराम सुरू भएयता हमासले ६ पटकमा गरी अहिले सम्म १९ इजरायली र ५ थाई गरी २४ जना बन्धकलाई रिहा गरिसकेको छ। प्रत्युत्तरमा इजरायलले ११ सय ३५ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.