३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नसरीको एक फार्मका हाँसमा बर्डफ्लु रोग पुष्टि

    • बिशाल यादब बिशाल यादब
    • today८ फाल्गुन २०८१

    सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ मा बर्डफ्लु पुष्टि भएको छ । सप्तकोशी कृषि फार्मका हाँसमा बर्डफ्लु रोग पुष्टि भएपछि नष्ट गरेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । पाँच सयभन्दा बढी हाँसका चल्लामा बर्डफ्लु रोग देखिएपछि कृषि फर्मलाई केन्द्र मानेर चारकिल्लाभित्रको क्षेत्रलाई नियन्त्रणमा राखिएको उनले बताए । फार्ममा रहेका केही कुखुरा पनि मरेका छन् । जिल्लामा रहेको बर्डफ्लु नियन्त्रण समितिले निरीक्षण गरी बर्डफ्लु सङ्क्रमित फार्मका अरू चल्लालाई पनि नष्ट गर्ने प्रक्रिया शुरू गरेको छ ।

    Ad
    Ad
    Ad

     


    बर्डफ्लु रोग देखिएको कृषि फार्म वरिपरि कुखुरा र हाँसको ओसारपसार गर्न नदिइएको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिए । साथै जिल्लाका विभिन्न ठाउँबाट कुखुरा र हाँसको नमूना लिने काम पनि भइरहेको उनले बताए । माघको अन्तिम हप्तादेखि फार्ममा धमाधम हाँस मर्न थालेका थिए । केन्द्रीय पशुपक्षी रोग परीक्षण प्रयोगशालामा हाँसको नमूना जाँच गरेपछि बर्डफ्लु सङ्क्रमण पुष्टि भएको थियो । हाँसमा शुरूमै लक्षण नदेखिने र एकैपटक मर्ने खालको हुने पशु चिकित्सक बताउँछन् ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.