३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मुख्यमन्त्री सिँहद्वारा वीरगञ्जका क्यासिनो अनुगमन, एक नेपाली नागरिक नियन्त्रणमा

    • अशोक यादब अशोक यादब
    • today८ फाल्गुन २०८१

    वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वीरगञ्जस्थित आदर्शनगरका दुई क्यासिनो – लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनो – को अनुगमन गरेका छन्। अनुगमनका क्रममा होटल सुरजको क्यासिनोबाट जुवा खेलिरहेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ।

    Ad
    Ad
    Ad

     

    मुख्यमन्त्री सिँहले पछिल्लो समय नेपाली नागरिकहरूले क्यासिनोमा जुवातास खेल्दा गम्भीर सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक समस्या भोग्नु परेको भन्दै त्यसको निगरानी बढाउन पहल गरेका हुन्। विशेषगरी, हालै एक नेपाली नागरिकले क्यासिनोमा ४० लाख रुपैयाँ गुमाएको घटनाबारे जानकारी पाएपछि उनले बुधबार अनुगमन गरेका थिए।

    Ad
    Ad
    Ad

     

    नेपालको कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश वर्जित छ। तर, अनुगमनका क्रममा क्यासिनोहरूमा प्रवेश व्यवस्थापन प्रणाली व्यवस्थित नभएको पाइएपछि मुख्यमन्त्री सिँहले ती क्यासिनो सञ्चालकहरूलाई आवश्यक कागजातसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

     


    उनले क्यासिनो व्यवस्थापनलाई एक महिनाभित्र प्रवेश गरेका व्यक्तिहरूको परिचयपत्रसहितको विवरण, एक साताको सिसिटिभी फुटेज, तथा कर्मचारीहरूको अभिलेख पेस गर्न निर्देशन दिएका छन्।अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिँहले क्यासिनो सुरक्षालगायतका दृष्टिकोणले संवेदनशील भए पनि व्यवस्थापन पक्ष सन्तोषजनक नभएको बताए। उनले क्यासिनोबाट प्राप्त दस्तावेजहरूको अध्ययनपछि थप कारबाही अघि बढाइने जानकारी दिए।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.