५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सङ्घीय मामिलामन्त्री गुप्तासँग नर्वेकी राजदूत ड्रामडालको भेट निजामती विधेयकबारे चासो व्यक्त

    • बिराज यादव बिराज यादव
    • today७ फाल्गुन २०८१

    काठमाडौं । नेपालका लागि नर्वेकी राजदूत तोरन ड्रामडालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग शिष्टाचार भेट गर्नुभएको छ ।  राजदूत ड्रामडालले मन्त्री गुप्तासँग सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हिजो मंगलबार भेट गर्नुभएको हो । भेटका अवसरमा नेपाल र नर्वेको द्विपक्षीय हितका साथै समसामयिक विषयहरूमा छलफल भएको मन्त्री गुप्ताले जानकारी दिनुभयो ।  भेटमा मन्त्री गुप्ताले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी) लाई नेपाल सरकारको सङ्घीयतामा आधारित प्रमुख कार्यक्रम ‘फ्लागशीप कार्यक्रम’ बनाउन सहयोग गरेकामा नर्वेलगायत विकास साझेदारहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । ‘नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार हो,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘नेपाललाई आफ्नो दीर्घकालीन विकासको साझेदार मुलुकमा राख्नुभएकोमा म धन्यवाद व्यक्त गर्न चाहान्छु ।’ नेपाल र नर्वेबीच सन् १९६४ देखि द्विपक्षीय साझेदारी रहँदै आएको छ । 

     

    Ad
    Ad

    त्यस्तै, मन्त्री गुप्ताले जलवायु परिवर्तन विश्वकै सरोकारको विषय बनेको र नर्वेले यस विषयमा गरेको कामको उच्च प्रसंशा गर्नुभयो । जलवायु परिवर्तनबाट हिमाल र हिम श्रृङ्खलाहरूलाई जोगाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमालको मुद्दाको पक्षमा वकालत गर्दै आएको स्मरण राजदूत ड्रामडाललाई गराउनुभयो ।  यसैगरी, नेपाल सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको चर्चा गर्नुहुँदै सो ऐतिहासिक उपलब्धि हासिल गर्न नेपाललाई नर्वेलगायत विकास साझेदारहरूबाट स्रोतसाधन, प्राविधिक सहायता र आर्थिक साझेदारी आवश्यक रहेको उल्लेख गर्नुभयो । मन्त्री गुप्ताले नर्वे प्रशासनिक विकेन्द्रीकरणको राम्रो नमूना भएको समृद्ध मुलुक भएकाले त्यसबाट नेपालले पनि धेरै कुरा सिक्न सक्ने उल्लेख गर्नुभयो । 

     

    Ad
    Ad

    मन्त्री गुप्तासँगको भेटमा राजदूत ड्रामडालले ‘पीएलजीएसपी’ को ‘ज्वाइन्ट फाइनान्सियल एग्रिमेन्ट’ को संशोधनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले ‘सङ्घीय निजामती सेवा विधेयक’को पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्नुहुँदै मन्त्री गुप्तासँग विस्तृत जानकारी समेत लिनुभएको छ । त्यस सम्बन्धमा मन्त्री गुप्ताले भन्नुभयो, ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथिको व्यापक छलफल सकिएको छ । अहिले हामी दफावार छलफलमा छौँ । यही संसद अधिवेशनबाट विधेयक पारित गराउनेगरी काम गरिरहेका छौँ ।’ 

     

    Ad

    यसैगरी राजदूत ड्रामडालले सङ्घीयता कार्यान्वयन र  विशेषगरी अन्तरसरकारी समन्वयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसीएम) को थप सक्रिय भूमिकाका लागि मन्त्री गुप्ताको समन्वयको अपेक्षा गरेको बताउनुभयो भने मन्त्री गुप्ताले त्यसतर्फ आफ्नो पहल जारी रहेको जानकारी दिनुभयो ।

    ताजा सूचना

    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    • उत्तराखंडका स्कुलहरूमा ऐतिहासिक निर्णय : अब हरेक बिहान गुञ्जिनेछ भगवद् गीताको श्लोक!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.