२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • समाजवादी किसान महासंघको केन्द्रिय अध्यक्षमा नेता राय नियुक्त

    • संजय कुशवाहा संजय कुशवाहा
    • today७ फाल्गुन २०८१

    वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध जनवर्गीय संगठन "समाजवादी किसान महासंघ" को केन्द्रिय अध्यक्षमा पार्टीका नेता एवं केन्द्रिय सदस्य भाग्य नारायण राय नियुक्त भएका छन् । बुधबार च्यासलको ज्यापु प्रज्ञा भवनमा जनवर्गीय संगठन संयुक्त आयोजक समितिद्वारा आयोजित पार्टी सम्बद्ध जनवर्गीय संगठनहरुको रुपान्तरण तथा पुनर्गठन घोषणा सभाको निर्णय अनुसार रायलाई महासंघको केन्द्रिय अध्यक्षमा नियुक्त गरिएको हो । उनी लामो समयदेखि समाजवादी आन्दोलन तथा कृषक हकहितका विषयमा क्रियाशील रहँदै आएका छन् ।  घोषणा सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रिय समितिका अध्यक्ष एवं पुर्व मन्त्री अशोक राईले भने, जनवर्गीय संगठन जनताहरुको बिचको संगठन भएकोले संगठनको उदेश्य प्राप्तिको लागि शुभकामना छ । देशमा किसानहरूको हकहित र समस्याको समाधान लागि आवाज उठाउनुका साथै कृषिलाई जिविका मुखिबाट आधुनिकीकरण र आत्मनिर्भर बनाउनु पर्नेमा उनले जोड दिए । व्यवसायीक रुपले कृषिलाई रुपान्तरण गर्ने प्रक्रिया व्यापक बढ्दै गएकोले कृषि क्षेत्रलाई सबल बनाए देशमा बेरोजगारी हट्ने उनले बताए । 

     

    Ad
    Ad


    सम्बोधनकै क्रममा पार्टीका संघीय परिषद् अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले, समाजवादी किसान महासंघको नमुना कार्ययोजना र त्यसको ठोस कार्यान्वयनको माध्यमबाट देशभरीका किसानहरुको माझमा प्रभावकारी रुपले फरक पहिचान स्थापित गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।  नव नियुक्त केन्द्रिय अध्यक्ष रायले, नयाँ नेतृत्व चयनसँगै महासंघले आगामी दिनमा किसानका चुनौती, समस्या र तिनका समाधानका लागि विभिन्न कार्यक्रमको योजना अघि बढाउने बताए । आफ्नो अध्यक्षतामा महासंघले किसानका अधिकार र कृषि नीति सुधारका मुद्दामा सशक्त रूपमा आवाज उठाउने र अघि बढ्ने उनले ठोकुवा गरे । 

     

    Ad
    Ad

    अध्यक्ष रायको नेतृत्वमा २१ सदस्य कार्यसमिति चयन भएको छ । कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्ष क्रमशः राजेश्वरी शर्मा, कृष्ण भक्त डङ्गोल, बेचु राई, तबरेज अहमद रहेका छन् । भने महासचिवमा ओम कृष्ण श्रेष्ठ र उप महासचिवमा पुर्ण राई लगायतका पदाधिकारीहरु रहेका छन् ।  घोषणा सभाले समाजवादी किसान महासंघ, नेपाल बौद्धिक पेशाकर्मीं महासंघ, समाजवादी आदिवासी जनजाति महासंघ, संघीय समाजवादी खेलकुद महासंघ र संघीय कानून व्यवसायी महासंघ गरी पाँच वटा पार्टी सम्बद्ध जनवर्गीय संगठनहरुको रुपान्तरण तथा पुनर्गठन गरेको छ । 

     

    Ad

    समाजवादी किसान महासंघका नव नियुक्त केन्द्रिय अध्यक्ष भाग्य नारायण रायको अध्यक्षतामा भएको पार्टी सम्बद्ध जनवर्गीय संगठनहरुको रुपान्तरण तथा पुनर्गठन घोषणा सभा कार्यक्रमको प्रमुख अतिथिका रुपमा पार्टीका संघीय परिषद् अध्यक्ष एवं पुर्व मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ रहेका थिए । भने विशिष्ट अतिथिका रुपमा पार्टीका केन्द्रिय समितिका अध्यक्ष एवं पुर्व मन्त्री अशोक राई रहेका थिए । त्यसै गरी अतिथिका रुपमा पार्टीका केन्द्रिय उपाध्यक्ष द्वय रनध्वज लिम्बु र सुशिला श्रेष्ठ लगायत कार्यक्रममा जिल्ला, प्रदेश र केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरुको भब्य उपस्तिथि रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य शाक्य सुरेनले राखेका थिए । भने उद्घोषण अर्जुन श्रेष्ठले गरेका थिए ।

    ताजा सूचना

    • जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
    • राष्ट्रपतिको पहलमा लोकतान्त्रिक विधिबाट संविधानसम्मत निकास खोजिनुपर्छ : एमाले
    • गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान
    • बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न महानगरको आग्रह
    • देश विधिको शासन र आवधिक निर्वाचनका आधारमा अगाडि बढाउनुपर्छ : रास्वपा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.