५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विद्यार्थी नेपाल फर्किन थालेपछि खर्च बेहोर्ने भन्दै अभिभावकलाई इमेल लेख्दै केआईआईटी

    • संजय कुशवहा संजय कुशवहा
    • today७ फाल्गुन २०८१

     काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि कम्तीमा १११ जना नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन् । पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ । विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि कलेजले चाहिँ अभिभावकलाई इमेल लेखेर उनीहरूको आउनेजाने खर्च बेहोर्ने भन्दै फिर्ता बोलाउने तयारी गरेको छ । दिल्लीस्थित नेपाली दूतावासबाट कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले कलेजका उपकुलपति प्रा.डा. सरञ्जीत सिंहसँग छलफल गरेका थिए ।

     

    Ad
    Ad

    त्यसक्रममा सिंहले सबै नेपाली विद्यार्थीका अभिभावकलाई त्यसबारे जानकारी दिँदै इमेल लेख्ने तयारी गरिएको जानकारी दिएको शर्माले अनलाइनखबरलाई बताए । अभिभावकहरूलाई विद्यार्थीको सुरक्षाप्रति चिन्ता छ, त्यसक्रममा विद्यार्थी घरसम्म पुगेका छन्’, उनले भने, ‘यसलाई कसरी सम्बोधन गर्ने तयारी छ भनेर सोध्दा उहाँले यो प्रस्ताव सुनाउनु भएको थियो, कलेज प्रशासनले अहिले हामीलाई सहयोग गरिरहेको छ ।’सोमबार र मंगलबारको घटनापछि कलेजमा रहेका १ हजार २ सय विद्यार्थीमध्ये ६० जना मात्र ओडिसामा बाँकी रहेका थिए । तीमध्ये थप ११२ जना होस्टलमा फर्किइसकेका छन् । ‘अरूलाई पनि फिर्ता आउने वातावरण बनाउन काम गरिरहेका छौं’, शर्माले भने, ‘त्यसका लागि कलेजले सुरक्षाको ग्यारेन्टी हुने गरी इमेल गरेर परिवारलाई जानकारी गराउने कलेजले जानकारी दिएको छ ।’

     

    Ad
    Ad

    युनिभर्सिटीमा आइतबार अपराह्न २० वर्षीया प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । नेपाल सरकारले भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल बढाउने आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनको मृत्यु भएको थियो । यसपछि प्रकृतिको न्याय माग्दै भएको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । प्रदर्शनलाई दबाउन कलेज प्रशासनले सोमबार नेपाली विद्यार्थीलाई होस्टल खाली गरेर जान उर्दी जारी गरेको थियो ।

     

    Ad

    तर, व्यापक दबाबपछि कलेजले फेरि फर्किएर आउन भन्दै अर्को सूचना जारी गर्नुपरेको थियो ।\ यो मामला सतहमा आएसँगै नेपाल सरकारसँगै भारतमा पनि सरकारी तहबाट चासो देखाइएको थियो । त्यसक्रममा नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा ५ जना पक्राउ पनि परेका थिए । तर, अदालतले उनीहरूलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइसकेको छ । प्रकृति लम्साल मृत्यु प्रकरण : ओडिसा प्रदेश सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
    ओडिसाको विधानसभामा यो मामलाले प्रवेश आएपछि प्रदेश सरकारले अहिले छानबिनका लागि उच्च स्तरीय समिति पनि गठन गरिसकेको छ । प्रहरीले लम्साल मृत्युबारे थप अनुसन्धान गरिरहेको छ ।

     

    आरोपी अड्विक श्रीवास्तव प्रहरी हिरासतमा छन् । उनको मोबाइल प्रहरीले जफत गरिसकेको छ ।

    ताजा सूचना

    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.