२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • दुई वर्षभित्र सक्नेगरी यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेख थालियो

    • बिशाल यादब बिशाल यादब
    • today७ फाल्गुन २०८१

    काठमाडौं । बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका यातायात कार्यालयका ढड्डालाई विद्युतीय अभिलेख सुरु गरेको छ । भौतिक रुपमा रहेका फाइलहरूको विद्युतीय अभिलेख थालिएको हो । यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम सुरु गरेको जानकारी गराए ।

    Ad
    Ad
    Ad

     

    हाम्रो बागमती प्रदेशभित्र जतिपनि रहेका ढड्डा फाइलहरू छन् त्यसलाई विद्युतीय अभिलेख सिर्जना गर्ने । डिजिटलाइजेसन गरेर तिनलाई हामीले सिस्टममा हाम्रो एउटा भेइकल रजिस्ट्रेशन छ, त्यो सिस्टममा आबद्ध गर्ने र त्यसपछि अहिले जुन भौतिकरुपमा सेवा पवाह गरिरहेका छौँ, त्यो भौतिकरुपमा भइरहेको सेवालाई विस्थापन गर्ने र अनलाइनबाट सेवा प्रवाह गर्ने एउटा सोच र उद्देश्यका साथ मन्त्रालयले अगाडि सारेको यो कार्यक्रम हो,’ उनले भने । विद्युतीय अभिलेख सुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरू हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने पनि उनले बताए । २५ लाखको संख्यामा रहेको यातायातको अभिलेख दुई वर्षभित्र डिजिटलाइजेसन गरिसक्ने गरी काम थालिएको उनको भनाइ थियो ।

    Ad
    Ad
    Ad

     

     यो अहिले लगभग २५ लाखको हाराहारीमा बागमती प्रदेशका यातायात कार्यालयमा सवारी साधनका अभिलेखहरू छन् । यी अभिलेखहरू अहिले नहुँदा अथवा यी भौतिकरुपमा रहँदा कतिपय नष्ट हुने, हराउने ढुसी लाग्ने, जनताले हैरानी भोग्नुपर्ने अनि भौतिक रुपमा आएर सेवा लिँदा विचौलियाबाट ठगिन सक्ने, कार्यालयमा लाइनको हैरानीको जुन समस्याहरू छन् यसबाट मुक्ति दिनका लागि मन्त्रालयले डिजिटलाइजेसन गर्ने यो मुख्य कार्यक्रम हो र यो लगभग दुई वर्षभित्रमा सबै कामहरू सम्पन्न गर्ने भनिएको छ, यसैका लागि एक सय जना डेटा इन्ट्रिकर्ताहरूलाई प्रतिस्पर्धात्मक प्रणालीबाट नियुक्त गरिएको छ,’ उनले भने ।

    Ad
    Ad
    Ad
    Ad

     

    कार्यालय प्रमुख भट्टराईले भौतिक प्रमाण नष्ट भएका वा हराएका सवारी साधनको पनि सवारी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेख गरिने बताए ।विद्युतीय अभिलेखमा देखिने कतिपय समस्यालाई समाधान गर्न भौतिक निर्माण तथा यातायात मन्त्रालयले निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.