५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ‘सिप्रदीले बेच्ने गाडीमा ग्राहकको कन्फिडेन्स छ’

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today७ फाल्गुन २०८१

    टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटाको नयाँ उत्पादन ‘कर्भ ईभी’ भित्र्याइसकेको छ । आधिकारिक लन्च नभए पनि कर्भ इभी नेपाली बजारमा चासोसाथ हेरिएको प्रिमियम एसयूभी हो ।
     टाटा मोटर्सको पहिलो कुपे डिजाइनको यो एसयूभी ४५ र ५५ किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आएको हो । कर्भ ईभीसँगै सिप्रदीले टियागोको २०२५ मोडेल पनि नेपाल ल्याइसकेको छ । पुरानै मूल्यमा अत्याधुनिक फिचर सहित ल्याएको छ । यस्तै नेक्सन के थ्री पनि नेपाली बजारमा ल्याएको छ ।  नेपाली बजारमा नयाँ उत्पादन र प्रविधि भित्र्याइरहेको सिप्रदीले विशेषगरी नेपाली ईभी बजार, वर्तमान अवस्था, प्रतिस्पर्धा लगायत विषयमा केन्द्रित रहेर सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठसँग अनलाइनखबरले गरेको कुराकानी :

    Ad
    Ad


    नेपालमा ईभी बजार कस्तो छ, यसमा सिप्रदीको अवस्था के हो अहिले ? नेपालमा ईभीको वृद्धि त संसारकै राम्रो । यो वर्ष प्यासेन्जर भेहिकल वृद्धि झन्डै २० प्रतिशत बढ्दा ईभी सेग्मेन्टमा पनि बढेको छ । ईभी प्यासेन्जर भेहिकलमा ३० प्रतिशत वृद्धि छ, जुन पछिल्लो समय देखिएको सुधार हो । टाटाले नेपालमा चाहिने व्यावहारिक फिचरहरू मात्रै ल्याउने गर्छ । नचाहिने फिचर कतिपय हामी ल्याउँदैनौं । तर, हाम्रो मेन फोकस भनेको ग्राहकको अनुभव र विश्वास हो ।
    सिप्रदीको कुरा गर्दा हामी प्यासेन्जर भेहिकलमा मार्केट लिडर हो । यो सिप्रदीका लागि मात्रै नभएर टाटाका लागि पनि गर्वको कुरा हो । टाटाको प्यासेन्जर भेहिकलमा नम्बर वान कन्ट्री भनेको नेपाल मात्रै हो । त्यो हिसाबले अरू ईभी पनि हाम्रो धेरै राम्रो छ ।

     

    Ad
    Ad

    नेपालमा ईभी टन्नै आएका छन्, अन्य र टाटामा के फरक छ ? हाम्रो चाहिँ मुख्य कुरा के हो भने नेपालमा जुन उत्पादन लिएर आउँछौं, त्यो नेपालमा टेस्ट गरेर मात्रै ल्याउँछौं । हामीले नेपालको मार्केट टेस्ट भएपछि मात्रै गाडी ल्याउँछौं । नेपालको भूगोल र बजार सुहाउँदो छ । व्यावहारिक छ भने मात्रै भित्र्याउँछौं । अर्को कुरा, टाटाले नेपालमा चाहिने व्यावहारिक फिचरहरू मात्रै ल्याउने गर्छ । नचाहिने फिचर कतिपय हामी ल्याउँदैनौं । तर, हाम्रो मेन फोकस भनेको ग्राहकको अनुभव र विश्वास हो । सिप्रदीले ल्याउन लागेका कर्भ ईभी हो । यो चाहिँ प्रिमियमको कुपे लुक्स रहेको छ । फिचर धेरै रहेको छ । यसले चाहिँ जसलाई अलि लुक्स चाहिएको छ, पर्फर्मेन्स र पावर चाहिएको छ । उसका लागि ल्याएका हौं ।
    टाटाको गाडी चढ्दा ग्राहकले कस्तो फिल गर्छ, त्यसमा हाम्रो सधैं फोकस भइरहेको हुन्छ । यसका लागि हामीले टाटाको इकोस्सिटममा काम गर्छौं । यसमा गाडीको चार्जिङ स्टेसन, वर्कसप, जनशक्तिलाई तािलम, ब्याट्रीको रिपेयरका कुरामा हामी लगानी गरिरहेका छौं । यसले गर्दा टाटाको गाडी चढ्नेलाई लाइफसाइकल भरि ढुक्क होस् न ! त्यो नै हाम्रो मुख्य बलियो आधार हो, यसमा लगानी पनि गरिरहेका छौं । यो चाहिँ हामी अन्य ईभीभन्दा फरक र अब्बल छौं भन्ने प्रमाण पनि हो ।

     

    Ad

    सिप्रदीले नयाँ–नयाँ मोडेल सार्वजनिक गरिरहेको छ, यति छिटो–छिटो मोडेल ल्याइरहनुको कारण के हो ? मान्छेलाई एउटै खालको गाडी दिँदा त्यति रुचि पनि हुँदैन । प्रविधि अनुसार गाडीहरू अपडेट पनि भइरहेको हुन्छ । त्यसैले गाडीको नयाँ मोडेल त आउने नै भयो । अहिले आएको टियागो २०२५ मोडेलको कुरा गर्दा पहिलेभन्दा धेरै फिचर र थप विशेषता सहित पुरानै मूल्यमा ल्याएका छौं । जसले गर्दा ग्राहकलाई नयाँ अनुभव हो । यस्तै टाटा पन्च ईभीमा पनि यस्तै धेरै नेपाली बजार सुहाउँदो फिचर रहेको छ, जुन नेपालका लागि सफल मोडेल हो । यस्तै नेक्सन के थ्री चाहिँ प्रिमियम एसयूभी हो । यो चाहिँ फुल्ली लोडेड हो । यसमा ठूलो ब्याट्री राखेका छौं । जसले गर्दा लामो यात्रा हिँड्नेलाई झन्झट नहोस्, यद्यपि हामीले धेरै ठाउँमा चार्जिङ नेटवर्क राखेका छौं । पानारोमिक सनरुफ सहितको बबाल नै गाडी हो ।

     

    अहिलेको म्युजिक सिस्टम एकदमै बबाल छ । डिजिटल फिचर र अन्य फिचर त धेरै नै छ । अर्को सिप्रदीले ल्याउन लागेका कर्भ ईभी हो । यो चाहिँ प्रिमियमको कुपे लुक्स रहेको छ । फिचर धेरै रहेको छ । यसले चाहिँ जसलाई अलि लुक्स चाहिएको छ, पर्फर्मेन्स र पावर चाहिएको छ । उसका लागि ल्याएका हौं । हामी ईभी मार्केटमा भिन्न किसिमले ल्याउन खोजेका छौं । टाटाको गाडी सबैखाले ग्राहकका लागि छ । इन्ट्री लेभलदेखि प्रिमियमसम्मको गाडी ल्याएका छौं । सिप्रदीमा छिरेपछि सबै ग्राहक अन्य गाडी खोज्न जानु पर्दैन, त्यो अनुसारकै गाडी हामीले ल्याएका छौं । ग्राहकको रुचिका सबै सेग्मेन्ट भएको हाम्रा गाडीहरू छन् । पहिले नेपालमा हुने ४० प्रतिशत सेग्मेन्टमा मात्रै थियो भने अब ८०/८५ प्रतिशत सेग्मेन्टमा हाम्रो गाडी रहेको छ । टाटाले ल्याएका सबै गाडी सेफ्टीमा कम्प्रमाइज गर्दैन ।

     

    नयाँ ईभी कर्भको कुरा गर्दा प्रतिस्पर्धी सेग्मेन्टलाई कसरी हेर्नुभएको छ ? कर्भ ईभी क्लियर नै प्रिमियम एसयूभी सेग्मेन्टमा हो । अन्य ब्रान्डभन्दा हाम्रो रणनीतिक रूपमा ग्राहकसँग जोड्ने आइडिया छ । त्यही अनुसार हामीले प्लान गरिरहेका छौं । फेरि, हाम्रा प्रतिस्पर्धीहरू भन्दा हामीले ल्याएको उत्पादन अनुसार बजार र नेटर्वक पनि छ । मार्केटमा कर्भ ईभीको कुरा गर्दा यसको उत्पादन, डिजाइन, फिचरले स्थापित हुन केही गाह्रो हुने देख्दिनँ । किनभने, एक त यो उत्पादन नै धेरै राम्रो छ । फेरि, सिप्रदीको इकोसिस्टम पनि धेरै राम्रो छ ।

     

    टाटा मोडेलहरू अपडेट भइरहेका छन् । अहिले ल्याइएको मोडेल र पुरानो मोडेलमा कस्तो भिन्नता छ ? विशेषगरी ईभीमा जति धेरै प्रविधि परिवर्तन र अपडेट भइरहेका छन्, त्यही अनुसार अपडेट त भइहाल्छ । सुरुमा ल्याइएको ईभी र अहिले आएको ईभीमा आकाश जमिन फरक छ । मुख्य कुरा चाहिँ नेपालको भूगोल अनुसार बनेको छ/छैन हेर्नुपर्छ । हाम्रो बजारको वातावरण पनि हेर्नुपर्छ । कुन प्रविधि प्रयोग भएको गाडी नेपालमा मर्मत गर्न सकिन्छ, त्यसका लागि नेपालमा कस्तो छ हेर्नुपर्छ । टाटाले स्टेप बाई स्टेप टेक्नोलोजी अपडेट गरिरहेको छ । नेपालमा टाटाको प्रविधिले सहयोग नै गर्छ ।

     

    सिप्रदीले आफ्ना ग्राहकलाई कसरी सन्तुष्ट बनाइरहेको छ ? हामी प्रत्येक महिना ग्राहक सन्तुष्टि सूचक हेरिरहन्छौं । हाम्रो कस्टमर केयरमा भएकाहरूले पनि नियमित हेरिरहेका हुन्छन् । हामी गाडीको मर्मत, सम्भार मात्रै होइन, कस्टमरको ओभरअल एक्सपिरियन्स पनि हेर्छौं । गाडी चढ्दा हुने एन्जाइटी छ कि छैन हेर्छौं । हामी एन्जाइटी हटाउन काम गरिरहेका छौं । त्यसका लागि चार्जिङ सिस्टम, हाम्रो नेटवर्क छ । १ सय ८५ भन्दा बढी चार्जिङ स्टेसन हाम्रो आफ्नै छ । १६ भन्दा बढी वर्कसप छन्, जहाँ ईभी सम्बन्धी पूरै काम हुन्छ । यो अन्य वर्कसप भन्दा फरक हुन्छ, लगानी पनि धेरै नै लागेका हुन्छ । जनशक्ति, प्रविधि, फ्लोरिङ, उपकरण फरक हुन्छ । त्यसका लागि सिप्रदीले ठूलो लगानी गरेको छ । हामीले नेपालकै उत्कृष्ट जनशक्तिको तालिम चलाउँछौं । नेपालमा हाम्रो मात्रै यस्तो ब्याट्री मर्मत सेन्टर छ, जहाँ ब्याट्री मर्मत गर्ने हाम्रो जस्तो अरू ब्रान्डको छैन । हामीले उत्पादन मात्रै बेच्दैनौं, सुविधा पनि दिन्छौं ।

     

    चिनियाँ सहित विभिन्न ब्रान्डले कर्भको सेग्मेन्टमा कसरी प्रतिस्पर्धा गर्छ ? पहिलो कुरा त विश्वास हो । टाटा र सिप्रदीले दिने गाडी कत्तिको राम्रो हुन्छ नेपाली बजारलाई थाहा नै छ । कर्भ ईभीको कुरा गर्दा यो सेग्मेन्टमा आउने गाडीको लुक्स, लोडेड फिचर यसले दिने पर्फर्मेन्स नै मुख्य हो । सेफ्टी फिचरमा त हामीले कुनै सम्झौता नै गर्दैनौं, त्यही अनुसार अब्बल भइहाल्छ । हामीले जति एडभान्स ल्यायौं, त्यही अनुसार जनशक्ति र प्रविधि पनि भित्र्याएका छौं । हामीले नेपाली बजारमा जति गाडी ल्याउँछौं, त्यति नै प्रविधि पनि ल्याउँछौं । इकोसिस्टमको त ईभीमा हामीले जस्तो गरेको छैन । त्यसकारण पनि हामीले ल्याउने उत्पादन सोही अनुसार बजार पाइहाल्छौं । हामीले गाडी बेच्दा गाडीको लाइफसाइकल भरि ग्राहकलाई कुनै असहज हुँदैन । त्यसकारण हामी ग्राहक सेवामा कहिले कम्प्रमाइज नै गर्दैनौं । त्यसकारण पनि ग्राहकले कर्भमा विकल्प सोच्नु पर्दैन जस्तो लाग्छ ।

    हामीले गाडी किन्दा पहिलो कुरा उत्पादन कस्तो हो हेर्नुपर्छ । त्यसको फिचर, हाम्रो नेपाली भूगोल, किनेपछिको सेवा, चार्जिङ र मर्मतको इकोसिस्टम पनि हेर्नुपर्छ । त्यसका लागि टाटाको उत्पादन नै हो । ग्राहकको अनुभव बेस्ट हुन्छ भन्ने लागेको छ ।

    ताजा सूचना

    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.