३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रजातन्त्र दिवसको अवसरमा बालिकालाई भोजन

    • अशोक यादब अशोक यादब
    • today७ फाल्गुन २०८१

    नारायणगढ । स्वतन्त्रता सेनानी स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा ३५ जना अनाथ बालिकालाई भोजन गराइएको छ। प्रजातन्त्र दिवसको अवसरमा आज भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्रीरामजानकी आश्रमका ३५ जना बालिकालाई भोजन गराइएको हो। तिलक सापकोटा प्रतिष्ठान नेपाल गैँडाकोट–८ नवलपुरको आयोजनामा आश्रमका आश्रित बालिकाहरूलाई मिष्ठान्न भोजन खुवाइएको हो।

    Ad
    Ad
    Ad

     

    सो अवसरमा स्व सापकोटाकी धर्मपत्नी दुर्गादेवी सापकोटा, छोरा विश्व सापकोटा, गैँडाकोटस्थित विजय सामुदायिक एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत बेलबहादुर दराई र कमल कँडेललगायतको सहभागिता थियो। उनीहरूलाई आश्रमका बालिकाहरूले स्वस्ती वाचन गरी स्वागत गरेका थिए। प्रतिष्ठानले थुप्रै सामाजिक तथा परापकारी काम गर्दै आइरहेकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने स्व सापकोटाका छोरा विश्वले जानकारी दिए। शिक्षा, स्वास्थ्य, संस्कृतिलगायत क्षेत्रमा विशेष गरी प्रतिष्ठानले सहयोगकारी भूमिका निर्वाह गर्दै आएको उनले बताए। पिताले समाजका पु¥याएको योगदानलाई जीवन्त राख्नका लागि प्रतिष्ठानले सहयोगकारी भूमिका खेल्दै आएको उनले उल्लेख गरे।

    Ad
    Ad
    Ad

     

    कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत दराईले स्व सापकोटाले समाजका लागि दिनुभएको योगदानको चर्चा गर्दै उनी समाजमा सकारात्मक रुपान्तरणका शिखर व्यक्तित्वका रूपमा रहेको स्मरण गरे। सादगी र सरल स्वभावका स्व सापकोटाले प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलनका साथै त्यसका लागि आवश्यक पर्ने राजनीतिक र नागरिक सङ्गठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। आफ्नो गाउँ–ठाउँको सामाजिक र राजनीतिक चेतना विस्तारमा एक अभियन्ताका रूपमा परिचित स्व सापकोटाले सुरुमा बाग्लुङ र त्यसपछि नवलपरासी केन्द्रमा रहेर नेपाली कांग्रेसको राजनीतिसँगै सामाजिक विकास, सुधार र सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.