५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रजातन्त्र दिवसको अवसरमा बालिकालाई भोजन

    • अशोक यादब अशोक यादब
    • today७ फाल्गुन २०८१

    नारायणगढ । स्वतन्त्रता सेनानी स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा ३५ जना अनाथ बालिकालाई भोजन गराइएको छ। प्रजातन्त्र दिवसको अवसरमा आज भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्रीरामजानकी आश्रमका ३५ जना बालिकालाई भोजन गराइएको हो। तिलक सापकोटा प्रतिष्ठान नेपाल गैँडाकोट–८ नवलपुरको आयोजनामा आश्रमका आश्रित बालिकाहरूलाई मिष्ठान्न भोजन खुवाइएको हो।

     

    Ad
    Ad

    सो अवसरमा स्व सापकोटाकी धर्मपत्नी दुर्गादेवी सापकोटा, छोरा विश्व सापकोटा, गैँडाकोटस्थित विजय सामुदायिक एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत बेलबहादुर दराई र कमल कँडेललगायतको सहभागिता थियो। उनीहरूलाई आश्रमका बालिकाहरूले स्वस्ती वाचन गरी स्वागत गरेका थिए। प्रतिष्ठानले थुप्रै सामाजिक तथा परापकारी काम गर्दै आइरहेकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने स्व सापकोटाका छोरा विश्वले जानकारी दिए। शिक्षा, स्वास्थ्य, संस्कृतिलगायत क्षेत्रमा विशेष गरी प्रतिष्ठानले सहयोगकारी भूमिका निर्वाह गर्दै आएको उनले बताए। पिताले समाजका पु¥याएको योगदानलाई जीवन्त राख्नका लागि प्रतिष्ठानले सहयोगकारी भूमिका खेल्दै आएको उनले उल्लेख गरे।

     

    Ad
    Ad

    कालिका संस्कृत विद्यापीठका लेखा अधिकृत दराईले स्व सापकोटाले समाजका लागि दिनुभएको योगदानको चर्चा गर्दै उनी समाजमा सकारात्मक रुपान्तरणका शिखर व्यक्तित्वका रूपमा रहेको स्मरण गरे। सादगी र सरल स्वभावका स्व सापकोटाले प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलनका साथै त्यसका लागि आवश्यक पर्ने राजनीतिक र नागरिक सङ्गठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। आफ्नो गाउँ–ठाउँको सामाजिक र राजनीतिक चेतना विस्तारमा एक अभियन्ताका रूपमा परिचित स्व सापकोटाले सुरुमा बाग्लुङ र त्यसपछि नवलपरासी केन्द्रमा रहेर नेपाली कांग्रेसको राजनीतिसँगै सामाजिक विकास, सुधार र सामाजिक रुपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए।

    ताजा सूचना

    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    • भ्रामक भिडियोबारे प्रहरीले दियो स्पष्टिकरण : ‘नेपाली महिला होइन, राष्ट्रको इज्जतमाथि खेलबाड नगर्नुहोस्’
    • हिन्दू धर्मको लुगा, हातमा रक्सी र मुखमा झूट – सनातनको अपमानको यो रूप कत्तिसम्म?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.