२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देशभरका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी

    • अशोक यादब अशोक यादब
    • today७ फाल्गुन २०८१

    वीरगञ्ज ।  देशभरका चिकित्सकले आजदेखि आन्दोलन सुरु गर्ने भएका छन् । नेपाल चिकित्सक सङ्घको आह्वानमा आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले कालो पट्टी बाँधेर आन्दोलन सुरु गर्न लागेका हुन् ।

    Ad
    Ad
    Ad

    सरकारलाई दिएको ४८ घण्टाको समयभित्र माग पूरा नभएपछि उनीहरू आजदेखि आ–आफ्नो कार्यालयअगाडि कालो पट्टी बाँधेर एक घण्टा धर्ना बस्ने भएका हुन् । आज र भोलि देशभरका स्वास्थ्य संस्थामा आन्दोलनका कार्यक्रम हुने सङ्घले जनाएको छ ।

    Ad
    Ad
    Ad

    सङ्घले स्वास्थ्य सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको थप दरबन्दी अविलम्ब सिर्जना गरी यथाशीघ्र विज्ञापन गरिनुपर्ने, अस्पताल विकास समितिअन्तर्गत कार्यरत सम्पूर्ण चिकित्सकहरूलाई स्थायी नियुक्ति प्रदान गरिनुपर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको नियुक्ति तथा तलब भत्तामा एकरूपता कायम गरी जोखिम भत्तालगायत थप भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेको छ ।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    सरकारले माग सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न आफूहरू बाध्य हुने सङ्घले चेतावनी पनि दिएको छ । यसबाट उत्पन्न हुन सक्ने कुनै पनि परिस्थितिको जिम्मेवारी नेपाल सरकारले नै लिनुपर्ने सङ्घले स्पष्ट पारेको छ ।

    सङ्घले आम नागरिकहरूलाई पर्न सक्ने असुविधाप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक सहयोगका लागि अपिल समेत गरेको छ ।

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.