५ श्रावण २०८२, सोमबार / 21 July 2025, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनकपुरधाममा मुख्यमन्त्री नेतृत्वको अनुगमन, १८ अस्पताल बन्द

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today६ फाल्गुन २०८१

    जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वमा गरिएको अनुगमनका क्रममा जनकपुरधामका १८ वटा निजी अस्पताल अवैधानिक रूपमा सञ्चालनमा रहेको भेटिएपछि बन्द गराइएको छ।

     

    Ad
    Ad

    गत सातादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीसहित गरिएको अनुगमनबाट बिना दर्ता सञ्चालनमा रहेका मुस्कान अस्पताल, अरमान हस्पिटल, सहयोग हस्पिटल, जनकपुर मोर्डन हस्पिटल, माँ गायत्री मेमोरियल हस्पिटल, रामा मेमोरियल हस्पिटल, जनकपुर सिता हस्पिटल, बिएन हस्पिटल, ज्योति आँखा अस्पताल, जनकपुर गोल्डेन हस्पिटल, जनकपुर मधेश हस्पिटल, लाइफ केयर एण्ड रिसर्च सेन्टर, न्युरो सेन्टर, कृष्णा अस्पताल, जनकपुर गोदावरी हस्पिटल, जनक मेमोरियल हस्पिटल, गीताश्री ईएनटी स्पेसियालिटी क्लिनिक प्रालि र जनकपुर मोडल अस्पताल बन्द गरिएका हुन्।

     

    Ad
    Ad

    नवीकरण नगरेका अस्पताललाई दुई महिनाको समय
    अनुगमनका क्रममा दर्ता त भएका तर नवीकरण नगरिएका अस्पतालहरू पनि फेला परेका छन्। यी अस्पताललाई प्रदेश सरकारले नवीकरणका लागि दुई महिनाको समयावधि दिएको छ। नवीकरण गर्नुपर्ने अस्पतालहरूमा समर हस्पिटल, श्रीराम हस्पिटल, जनकपुर ग्राण्डी अस्पताल, साई मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, ओम दीर्घायु अस्पताल, मिहीलाल इन्टरनेशनल, जनकपुर सुरक्षा अस्पताल, विनयतारा फाउण्डेशन, धनुषा अस्पताल, जनकपुर सिटी, नवजीवन अस्पताल, वैदेही अस्पताल, एडभान्स सिटी एण्ड डाइग्नोष्टिक सेन्टर रहेका छन्।

     

     

    Ad

    वैधानिक रूपमा सञ्चालनमा रहेका अस्पताल
    अनुगमन टोलीका अनुसार कागजी प्रक्रिया पूरा गरेर सञ्चालनमा रहेका अस्पतालहरूमा नैना अस्पताल, म्याक्स लाइफ, स्वस्तिक अस्पताल, हिरा हस्पिटल एण्ड रिसर्च सेन्टर, न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर, कृष्ण मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर, जीवन ज्योति, केयर मेडिकल सेन्टर र अपोलो अस्पताल रहेका छन्।

     

    मुख्यमन्त्री सिंहको चेतावनी
    मुख्यमन्त्री सिंह तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह नेतृत्वको टोलीले दर्ताविना सञ्चालन भएका १८ अस्पताललाई आवश्यक कागजात पूरा नगरेसम्म सञ्चालन गर्न नपाउने चेतावनी दिएको छ।

     

    अनुगमन टोलीका सदस्य एवं मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार कुनै पनि निकायबाट अनुमति नलिइ सञ्चालन भएका अस्पतालहरू बन्द गराइएको हो। प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक सुधारात्मक कदम चाल्ने जनाएको छ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.