१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको ५३ औँ जिल्ला अधिवेशन सम्पन्न, भोली निर्वाचन

    • बिशाल यादब बिशाल यादब
    • today६ फाल्गुन २०८१

    वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको ५३औँ जिल्ला अधिवेशन वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

    Ad
    Ad
    Ad

     

    सभापति वीरेन्द्र राज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य नारायण प्रसाद तिमिल्सिनाले पानसमा दीप प्रज्वलन गर्दै तथा जा. हेनरी ड्युनाँको तस्बिरमा टिका र माल्यार्पण गरी औपचारिक उद्घाटन गरेका थिए ।

    Ad
    Ad
    Ad

     

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका कोषाध्यक्ष महन्त प्रसाद यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्लाका विभिन्न २२ वटा उप-शाखाहरूले गरेको उत्कृष्ट कार्यका आधारमा योगदान दिने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

    Ad
    Ad
    Ad
    Ad

     

    सम्मानित व्यक्तिहरूमा वरिष्ठ सल्लाहकार नरेन्द्र साह (भूपेन्द्रलाल स्मृति पुरस्कार), नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका सचिव लालबाबु सिंह (युवा स्वयंसेवक पुरस्कार), तथा वर्षभरि चार पटक रक्तदान गर्ने नियमित रक्तदाताहरू परेका थिए ।

     

    कार्यक्रमका प्रमुख अतिथि तथा निर्वाचन अधिकृत नारायण प्रसाद तिमिल्सिनाले नेतृत्वको चाहना राख्नु राम्रो भए तापनि सहमतिको आधारमा अगाडि बढ्न आग्रह गरे ।

     

    जिल्ला अधिवेशन सम्पन्न भएसँगै पर्सा जिल्ला शाखाको नयाँ कार्यसमितिको निर्वाचन भोलि मङ्गलवार जिल्ला शाखाको सभा हलमा हुने जानकारी दिइएको छ ।

     

    कार्यक्रम सञ्चालन नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्लाका सह-मन्त्री साबिर अहमद एराजले गरेका थिए । अन्त्यमा, सभापति वीरेन्द्र राज कँडेलले सहभागी सम्पूर्ण रेडक्रसकर्मीहरूलाई बधाई दिँदै धन्यवाद व्यक्त गरेका थिए ।

     

    अधिवेशनमा नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका अध्यक्ष फुल मोहम्मद मियाँ, वीरगञ्ज महानगरपालिका – ९ वडाध्यक्ष जवाहिर प्रसाद गुप्ता, दिनानाथ रौनियार, गुडि साह, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री विनोद गिरी, नरेन्द्र साह, युवराज खडका लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

     

    साथै, समाजसेवी प्रकाश उपाध्याय, मुना खनाल, सामुदायिक प्रहरी केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, कुम्हालटोल सामुदायिक प्रहरीका सचिव श्रवणबहादुर रायमाझी लगायतका व्यक्तिहरूको पनि सहभागिता रहेको थियो ।

    ताजा सूचना

    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.