७ श्रावण २०८२, बुधवार / 23 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ट्रेन र बसमा पाएन सिट: मोटर बोट चढेर महाकुम्भमा स्नान गर्न पुगे बिहारका सात युवक

    • नाजिर हुसैन नाजिर हुसैन
    • today५ फाल्गुन २०८१

    वीरगञ्ज । भारतको प्रयागराजमा १२ वर्ष पश्चात् लागेको महाकुम्भमा भक्तजनहरूको अपार भीड देखिएको छ । ट्रेन तथा सडकहरू अत्यधिक भिडभाडका कारण अस्तव्यस्त भएका छन् । तर, कुनै पनि अवरोधका बाबजुद त्रिवेणी सङ्गममा स्नान गर्न श्रद्धालुहरूको उत्साह कम भएको छैन । यसैबिच, बिहारको बक्सरबाट सात जना युवाले प्रयागराज पुग्न एक अनौठो उपाय अपनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । युवाहरूले ट्रेन र बसमा सिट नपाएपछि गङ्गा नदीमार्फत मोटर बोट चढेर करिब ५ सय ५० किलोमिटरको यात्रा पूरा गरेका हुन् ।

     

     

    Ad
    Ad

    फेब्रुअरी १० र ११ मा प्रयागराजका सडक तथा रेलमार्ग अत्यधिक भिडभाडका कारण अवरुद्ध भएपछि युवाहरूले मोटर बोटमार्फत जाने निर्णय गरेका थिए । बिहारको बक्सरबाट सुरु भएको उनीहरूको यात्रा गाजीपुर र वाराणसी हुँदै फेब्रुअरी १२ को बिहान प्रयागराजमा सम्पन्न भएको थियो । करिब ८० घण्टा लामो यात्रामा उनीहरूले दुई वटा इन्जिन जडित बोट प्रयोग गरेका थिए । मोटर बोटमा खाना पकाउने ग्यास सिलिन्डर, स्टोभ, पेट्रोल, खाद्यान्न तथा आवश्यक सामग्री राखिएको थियो ।  बोटमा सात जना सवारमध्ये दुई जना पालैपालो बोट चलाउने जिम्मेवारीमा थिए भने अन्य पाँच जना विश्राम गर्दै यात्रामा सामेल भएका थिए ।

     

    Ad
    Ad

    कुल २० हजार रुपैयाँ खर्चिएर उनीहरूले प्रयागराजसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन् । प्रयागराज पुग्नुअघि उनीहरू सङ्गमभन्दा करिब पाँच किलोमिटर पर बोटबाट ओर्लिएर बाँकी यात्रा सजिलै पूरा गरेका थिए । युवाहरूको अनौठो यात्राको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले उनीहरूको आइडियालाई प्रशंसा गर्दै “जहाँ चाह, त्यहाँ राह” भनेका छन् भने कसैले रमाइलो शैलीमा “यो उपाय मोदीजीलाई पहिले किन भनेनौ? सबैलाई बोटमा पठाउँथे!” भनेर व्यङ्गसहित टिप्पणी गरेका छन् । लाखौँ भक्तजनहरूको भिडबिच सात जना युवाले अपनाएको वैकल्पिक यात्रा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । महाकुम्भमा सहभागी हुन उनीहरूको श्रद्धा मात्र नभई सिर्जनात्मक सोच र दृढ सङ्कल्प पनि यस यात्राबाट झल्किएको छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.