३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेपाली काँग्रेसको सय दिने विशेष अभियान पर्सागढीबाट सुरु

    • अशोक यादब अशोक यादब
    • today५ फाल्गुन २०८१

    वीरगञ्ज । नेपाली काँग्रेसले पार्टी सशक्तीकरण, सङ्गठन विस्तार, र जनसमुदायसँगको प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै सय दिने विशेष अभियान सुरु गरेको छ । पर्साको पर्सागढी नगरपालिका–६, चैनपुरमा आयोजित विशेष कार्यक्रममार्फत नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–२ ले अभियानको औपचारिक शुभारम्भ गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले समाजमा राजनीतिक तथा सामाजिक रूपान्तरणका लागि काँग्रेसले विशेष अभियान अघि सारेको बताए । उनले भने, “राजनीति केवल सत्तामा पुग्नका लागि होइन, जनताको हितका लागि हो । समाज रूपान्तरणका लागि इमानदारिता, सहिष्णुता, र समर्पण अनिवार्य छ ।”

    Ad
    Ad
    Ad

     

     

    उनले लोकतान्त्रिक संविधान निर्माणमा नेपाली काँग्रेसको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे । साथै, उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई सङ्गठन सुदृढ गर्दै जनसमुदायको हितमा काम गर्न आग्रह गरे । “हामीले लोकतन्त्र स्थापना मात्र होइन, त्यसको रक्षा र सुदृढीकरण पनि गर्नुपर्छ ।” कोइरालाले काँग्रेसलाई अझ बढी जनतासँग जोडिनुपर्ने आवश्यकता औँल्याउँदै भने, “आजको युगमा राजनीतिक दलहरू केवल चुनावका लागि क्रियाशील भएर हुँदैन, जनतासँग निरन्तर संवाद, सहकार्य, र उनीहरूको समस्या समाधानमा केन्द्रित हुनुपर्छ ।”

    Ad
    Ad
    Ad

     

    नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुनी सुधार, न्यायिक प्रक्रियाको प्रभावकारिता, र समाजका जटिल समस्याहरूको समाधानका लागि सरकारले विभिन्न महत्त्वपूर्ण कदम चालिरहेको जानकारी दिए । उनले बालविवाह, जबरजस्ती करणी, तथा देवानी फौजदारी कानुनमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए । “मधेस क्षेत्रमा बालविवाह गम्भीर समस्या बनिरहेको छ । यसको रोकथामका लागि कानुनी संशोधन प्रक्रिया अघि बढाइसकेका छौँ ।” चौरसियाले थपे, “न्यायालय र कानुनी प्रक्रियालाई प्रभावकारी बनाउनु सरकारको प्राथमिकता हो । कानुन केवल कागजमा सीमित हुनुहुँदैन, यसले नागरिकलाई वास्तविक न्याय दिन सक्नुपर्छ ।”

    Ad
    Ad
    Ad
    Ad

     

    कार्यक्रममा उपस्थित अन्य नेताहरूले पनि काँग्रेसले थालेको अभियानको समर्थन गर्दै पार्टीलाई अझ सशक्त बनाउनका लागि सङ्गठनात्मक पुनः संरचना, कार्यकर्तासँगको संवाद, र नीति सुधारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । पूर्व मन्त्री सुरेन्द्र चौधरीले काँग्रेसले मधेस लगायत मुलुकभर लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको स्मरण गर्दै सङ्गठनलाई बलियो बनाउन सबै तहका कार्यकर्ताहरू एकजुट हुनुपर्ने बताए । जिल्ला कार्यसमिति कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा, जिल्ला कार्यसमिति पर्साका उपसभापति अशोक गुप्ता, पूर्व मेयर लोकनारायण यादव, उपमेयर अर्चना चौधरी, नेपाली काँग्रेस महानगरका सभापति मणिन्द्रलाल नेपाली, तथा नेपाली काँग्रेस महिला सङ्घ पर्साका जिल्ला सभापति किरण देवी लगायतका नेताहरूले पनि मन्तव्य व्यक्त गरेका थिए ।

     

     

    नेपाली काँग्रेस पर्सागढी नगर कमिटीका सचिव अर्जुन गिरिले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव रञ्जित पटेलले गरेका थिए । सय दिने विशेष अभियानअन्तर्गत नेपाली काँग्रेसले विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै सङ्गठन सुदृढीकरण गर्ने योजना बनाएको छ । अभियानले नागरिकहरूसँग प्रत्यक्ष संवाद स्थापित गर्दै उनीहरूको समस्या बुझ्न र समाधानका लागि पहल गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.