२८ आश्विन २०८३, बुधवार / 14 October 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ऊर्जा मन्त्री खड्का भारतको ‘इन्डिया इनर्जी वीक-2025’ मा सहभागी भई नेपाल फर्किए

    • बिराज यादव बिराज यादव
    • today२ फाल्गुन २०८१

    ऊर्जा मन्त्री दीपक खड्का ‘इन्डिया इनर्जी वीक-2025’ मा सहभागी भई स्वदेश फिर्ता काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘इन्डिया इनर्जी वीक-2025’ मा सहभागिता जनाई स्वदेश फर्किएका छन्। फेब्रुअरी ११ देखि सुरु भएको ऊर्जा सप्ताहमा भाग लिएपछि उनी आज साँझ काठमाडौं आएका हुन्।

    Ad
    Ad
    Ad

     


    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खड्काको स्वागत ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिंचाइ सचिव सरीता दवाडी, विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, तथा मन्त्रालयका सहसचिव जीवछ मण्डललगायत अधिकारीहरूले गरेका थिए।

    Ad
    Ad
    Ad

     

     

    भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्वमा भारतीय पेट्रोलियम उद्योग महासंघद्वारा आयोजित उक्त कार्यक्रम ऊर्जा क्षेत्रमा नवप्रवर्तन, कार्बन उत्सर्जन न्यूनीकरण, तथा नवीन प्रविधिको प्रयोगबारे छलफल गर्न केन्द्रित रहेको थियो।

    Ad
    Ad
    Ad
    Ad

     

     

    ऊर्जा सप्ताहका विभिन्न सत्रहरूमध्ये मन्त्री खड्काले ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’ सम्बन्धी दुई मन्त्रीस्तरीय बैठकहरूलाई सम्बोधन गरे। उनले स्वच्छ ऊर्जा प्रवर्द्धनको महत्त्व र यस क्षेत्रका सम्भावनाहरूबारे आफ्ना विचार राख्दै दिगो विकासका लागि हरित ऊर्जाको आवश्यकतामा जोड दिए।

     

     

    भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर, जलशक्ति मन्त्री सिआर पाटिल, तथा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटवार्तामा नेपाल–भारत ऊर्जा सहकार्यलाई थप सशक्त बनाउने, पञ्चेश्वर र सप्तकोशी बहुउद्देश्यीय आयोजना अघि बढाउने लगायतका विषयमा विस्तृत छलफल भएको मन्त्री खड्काले जानकारी गराए।

     

     

    यस वर्षको ऊर्जा सप्ताहमा विभिन्न १० देशका झन्डै ७० हजार ऊर्जा व्यवसायीको सहभागिता रहेको थियो। कार्यक्रमका दौरान ९० भन्दा बढी सत्रहरू सञ्चालन गरिएका थिए भने करिब ७०० ऊर्जा प्रविधिसम्बन्धी प्रदर्शनी कक्षहरू राखिएका थिए

    ताजा सूचना

    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.