६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखरा । विद्यार्थीको गालामा तातो पन्यु डामेको आरोपमा तनहुँको एक बोर्डिङ स्कुलका प्रिन्सिपलकी छोरी पक्राउ परेकी छन् ।

    • रामाशंकर साह रामाशंकर साह
    • today१ फाल्गुन २०८१

    भीमाद नगरपालिकास्थित प्रभात एकेडेमी बोर्डिङकी लेखापाल एवं शिक्षिकासमेत रहेकी सुष्मा श्रेष्ठले मंगलबार कक्षा ४ पढ्ने ३ जना बालबालिकालाई तातो पन्यु डामेको विद्यार्थीले बताएका छन् । कक्षा कोठामा होहल्ला गरेको भन्दै उनले विद्यार्थीको गालामा तातो पन्यु डामेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले बुधबार एकजना विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ गरिएको बताए । उनका अनुसार अनुसन्धान गर्दै जाँदा श्रेष्ठले अरु २ जना विद्यार्थीलाई समेत डामेको खुलेको हो । डामिएका सबैजना विद्यार्थी १० वर्ष उमेरका हुन् । सुष्मा विद्यालयका संस्थापक प्राचार्य कृष्णदेव श्रेष्ठकी छोरी हुन् ।

     

    Ad
    Ad

    तनहुँ जिल्ला अदालतबाट बालबालिकाविरुद्धको कसूरमा ती शिक्षिकालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनायो । यता, सो घटनाको विद्यार्थी तथा अभिभावकहरुले कडा शब्दमा निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । घटना सार्वजनिक भएपछि विद्यार्थी संगठनले श्रेष्ठलाई कारबाहीको माग गरेका थिए । केही विद्यार्थी र अभिभावकले तनहुँको भीमाद बजारमा विरोध प्रदर्शन गरे ।

     

    Ad
    Ad

    नेपालको संविधान, बाल अधिकारसम्बन्धी ऐन, २०७५ तथा फौजदारी संहिता, २०७४ अनुसार बालबालिकालाई शारीरिक वा मानसिक यातना दिनु कानूनी अपराध हो । बाल अधिकारसम्बन्धी ऐन, २०७५ को दफा ६६ अनुसार, शिक्षालयभित्र बालबालिकालाई शारीरिक वा मानसिक यातना दिनु गैरकानुनी भनी उल्लेख छ । यस्तो कार्यमा संलग्नलाई १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.