३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पोखराका संरक्षणकर्मीले भने- वर, पिपल, समी काट्नेलाई कारबाही गर

    • बिशाल यादब बिशाल यादब
    • today१ फाल्गुन २०८१

     पोखरा । पोखराका ऐतिहासिक चौताराका वर, पिपल, समीजस्ता रुख काटिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै संरक्षण कर्मीहरुले कारबाहीको माग गरेका छन् । विकास निर्माणका विभिन्न बहानामा वातावरण र प्रकृतिमाथिको दोहन बढ्दो क्रममा रहेको उनीहरूको निष्कर्ष छ । संरक्षणकर्मीहरूको बिहीबार बिहान बसेको भेलाले पोखराका ऐतिहासिक चौताराका रुख कटना गर्नेलाई कानुनअनुसार मुद्दा चलाएर कारबाही गर्न अपिल गरेका हुन् । संरक्षण अभियान्ता डा. अनिल सुवेदीले पोखराका ऐतिहासिक रुख काटिनु गम्भीर भएको बताए ।

    Ad
    Ad
    Ad

    ‘

     

    धर्मका नाममा जसरी रुख काटिए, त्यो भत्सर्नायोग्य छ । कानुनअनुसार कारबाही गरिनुपर्छ,’ डा. सुवेदी भन्छन्, ‘यसरी पहिलो पटक चौताराका रुख काटिएका होइनन्, यो क्रम निरन्तर चल्दै आएको छ ।’ पछिल्लो पटक बालयोगेश्वर विजय कृष्णमूर्तीको नेतृत्वमा रहेको मानव सेवा फाउण्डेशनले वैशाख १ देखि ४५ दिनसम्म पोखरामा कोटीहोम लगाउने भन्दै वर, पिपल र समीका रुख काटिएका थिए । ऐतिहासिक रुख काट्दा पनि कारबाही नगरिएको भन्दै आलोचना भएपछि पोखरा महानगरले पनि फाउण्डेशनले जम्मा गरेको काठदाउरा जफत गरेको थियो । रुख काटिएको घटना सार्वजनिक भएसँगै कोटीहोम गर्न पाउने कि नपाउने भन्नेमा पोखरामा मत विभाजन भइरहेका छन् ।

    Ad
    Ad
    Ad

     

     

    पोखराका मेयर धनराज आचार्यले कोटीहोम गर्न नदिने बताइरहेका छन् भने धर्मगुरु भनिने विजय कृष्णमूर्तीले भने ‘धर्मका नाममा अधर्म गर्न पनि तयार रहेको’ भन्दै विवादास्पद अभिव्यक्ति दिनएका छन् । धार्मिक आवरणमा विजय कृष्णमूर्तिको शृङ्खलाबद्ध ठगी पोखराका ऐतिहासिक रुखहरू काटिने क्रम निरन्तर बढेको चिन्ता व्यक्त गर्दै संरक्षण अभियान्ताहरू डा. सुवेदी, विकास अधिकारी, हेमन्त ढकाल, रामबहादुर पौडेललगायतको नेतृत्वमा भएको भेलाले कानुनीअनुसार कारबाही गर्न अपिल गरेका हुन् । पोखरा महानगरपालिका वडा नम्बर ६, १३, १४ लगायतका वडामा पछिल्लो समयमा वर, पिपल, समीका रूख नपलाउने गरी ठुन्काउने उद्देश्यले काट्ने काम भएको छ । यस्ता व्यवहारले हामी नागरिक समाज र संरक्षण क्षेत्रमा क्रियाशील सम्पूर्ण पोखरेलीलाई दुःखी तुल्याएको छ,’ उनीहरूको साझा अपिलमा भनिएको छ, ‘यसरी जथाभावी रुखहरू काटिँदा यसबाट धार्मिक तथा पर्यावरणीय क्षति भएको हामीले निष्कर्ष निकालेका छौं । यस प्रकारका गतिविधिले पर्यावरण जैविक विविधता समेतमा असर गर्ने भएकोले जथाभावी रुख कटान गर्ने जोसुकै व्यक्ति संस्था भएपनि छिटोभन्दा छिटो कानुनी दायरामा ल्याएर प्रचलित कानुन अनुसार मुद्दा चलाएर कारबाही होस् भन्ने हामी सबैको अपिल छ ।’

    Ad
    Ad
    Ad
    Ad

     

     

    यस प्रकारका गतिविधि आगामी दिनमा पनि हुन नदिनलाई कानुन विपरीत ऐतिहासिक रुख कटान गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरी भविष्यमा पनि यस्ता गतिविधि हुन नदिन सम्बन्धित सम्पूर्ण निकायहरूलाई उनीहरुले अपिल गरेका छन् । आवश्यक परेको ठाउँमा कानुन निर्माण र कानुन संशोधन गरी यस्ता कार्य गर्नेलाई कारबाही गरिनुपर्ने उनीहरूको भनाइ छ । यस गतिविधिमा संलग्न सम्बन्धित निकाय व्यक्ति तथा समूहलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याएर कानुन अनुसारको कारबाही गर्न पनि हामी हार्दिक अपिल गर्दछौँ,’ उनीहरूले भनेका छन् ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.