१७ फाल्गुन २०८२, आइतबार / 01 March 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नागरिकले आर्थिक समृद्धि महसुस गरेमा व्यवस्था स्थायी हुन्छ : सिंह

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today१ फाल्गुन २०८१

    हेटौँडा । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् । उनले व्यवस्थाका उपलब्धिहरूलाई संस्थागत गर्दै सकारात्मक ढङ्गबाट अघि बढ्नुपर्ने बताए ।  नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंह राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताए । आर्थिक समृद्धिलाई नागरिकहरूले महसुस गरेको खण्डमा व्यवस्थाले स्थायित्व प्राप्त गर्ने उनको भनाई छ । मन्त्री सिंहले नागरिकहरूको लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेको अधिकारहरू सहज उपभोगमा सरकारले काम गर्नुपर्ने बताए । नागरिकका आवश्यकता र चाहना पुरा भए मात्र राजनीति सही ट्र्याकमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिन जरुरी रहेको उनले औँल्याए । 

    Ad
    Ad
    Ad


    वर्तमान समयमा नागरिकहरूले रोजगारी र विकास निर्माणको अपेक्षा गरिरहेको र बिदेसिने वातावरणको अन्त्य चाहेको उनले बताए । सो चाहना अनुरूप सरकारले काम गरिरहेको उनको भनाइ छ । वर्तमान सरकारले राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको अपेक्षा अनुसारको काम गर्नुपर्ने मूल दायित्व रहेको उनले बताए । 

    Ad
    Ad
    Ad


    उनका अनुसार राजनीतिक दलको ऊर्जा कार्यकर्तामा रहेकाले आपसी समझदारी कायम गरी अघि बढ्नुपर्ने हुन्छ । पार्टी भित्रको विवाद समाधान गर्न माथिल्ला संरचनाहरूसँगको समन्वयमा छलफल र सहकार्यमा जोड दिन उनले निर्देशन गरे । पार्टी सङ्गठन बलियो बनाउन आम कार्यकर्तालाई एकताबद्ध गर्नुपर्ने भएको कांग्रेसको गति त्यसतर्फ हुन जरुरी रहेको मन्त्री सिंहले बताए । 

    Ad
    Ad
    Ad
    Ad

     

    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पूर्वसभापति रघुरमन न्यौपाने, कांग्रेस मकवानपुरका उपसभापति एवम् बकैयाँ गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.