६ श्रावण २०८२, मंगलबार / 22 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासङ्घको चेतावनी

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१ फाल्गुन २०८१

    काठमाडौं । सरकारले सामाजिक सञ्जालका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने गरी विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासङ्घले विरोध जनाएको छ ।महासङ्घले राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल फिर्ता लिन र महासङ्घसहित सरोकारवालासँग छलफल गरेर पुनर्लेखन गर्न माग गरेको छ । सोमबार र मंगलबार काभ्रेको धुलिखेलमा बसेको महासङ्घको पहिलो कार्यमूलक बैठकले सरकारले यही अवस्थामा उक्त विधेयकलाई अघि बढाए महासङ्घ आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ ।

    ‘

    Ad
    Ad

    महासङ्घसहित सरोकारवालासँग सामान्य छलफलसमेत नगरी नागरिकका मौलिक हक हनन हुने गरी ल्याइएको विधेयकलाई अगाडि बढाउनु उपयुक्त नहुने ठहर यो बैठकले गरेको छ,’ बैठकपछि महासचिव रामप्रसाद दाहालद्वारा सार्वजनिक घोषणापत्रमा लेखिएको छ,’ ‘विधेयक तत्काल फिर्ता लिई सामाजिक सञ्जाल प्लेटफर्महरूमा मात्रै नियमन गर्नेगरी सरोकारवालासँग आवश्यक परामर्श गरेर पुनर्लेखन गर्न सरकार, संसद् र राजनीतिक दलहरू समक्ष माग गर्दछ । अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र न्युमिडियाको प्रभावकारितामा अङ्कुश लगाउने गरी बन्ने विधेयकका विरुद्ध महासङ्घ सङ्घर्षमा उत्रिन बाध्य हुनेछ ।’

     

    Ad
    Ad

    महासङ्घले राष्ट्रिय सभाबाट पारित भएको मिडिया काउन्सिल विधेयकमा समेत आफ्ना सुझावहरू नसमेटेको भन्दै संशोधन गरेर मात्रै पारित गर्न आग्रह गरेको छ । महासङ्घले सङ्घ, प्रदेश र स्थानीय तहबाट समेत कानूनहरू बन्ने क्रममा रहेकामा त्यस्ता कानूनहरू निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारसम्बन्धी व्यवस्था ख्याल गर्न आग्रह गरेको छ । त्यस्तै, श्रमजीवी पत्रकार ऐनमा समयसापेक्ष प्रशोधनसहित पूर्ण कार्यान्वयनका लागि सरकारसँग माग गरेको छ ।महासङ्घले धरानका पत्रकार गोपाल दाहालमाथि भएको दुव्र्यवहार र धम्कीको घटनामा महासङ्घको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै कार्यस्थलमा पत्रकारको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न माग गरेको छ । पछिल्लो समय प्रेस काउन्सिल नेपालले मिडियालाई कालोसूचीमा राख्ने लगायतका गतिविधि गरिरहेकोमा ध्यानाकर्षण भएको भन्दै महासङ्घले काउन्सिललाई आफ्नो क्षेत्राधिकारको ख्याल गर्न आग्रह गरेको छ ।

     

    Ad

    त्यस्तै, श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिकसहित सेवासुविधामा समयानुकूल वृद्धि गर्न, सबै सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन, ज्येष्ठ नागरिक पत्रकार वृत्ति कोषमा रकम वृद्धि गर्न, श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बीमालाई स्वास्थ्य बीमामा रूपान्तरण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न तथा सरकारी अस्पतालमा पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्ने सरकारी घोषणाको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग माग गरेको छ । देशभर एकपछि अर्को गरी सञ्चारमाध्यमहरू बन्द भइरहेकोमा सञ्चारमाध्यममा निम्तिएको संकट र बन्द हुनुका कारणहरूमा केन्द्रीत भएर मिडियाको स्थिति अध्ययन गर्ने महासङ्घले जनाएको छ । त्यस्तै, आमसञ्चारको क्षेत्रमा महिला, दलित, आदिवासी जनजाति, अपागंता भएका व्यक्ति, मधेशी, सीमान्तकृत समुदाय र पछाडि पारिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी र सुशासनयुक्त सञ्चारगृह निर्माण गर्न समेत महासङ्घले माग गरेको छ ।

     

    महासङ्घले आफ्नो सदस्यता परिचयपत्रलाई आधार बनाएर सिंहदरबार प्रवेशको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।बैठकले तीन वर्षे कार्यकालका लागि अध्यक्ष निर्मला शर्माद्वारा प्रस्तुत नीतिगत प्रस्ताव, महासचिव रामप्रसाद दाहालद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव तथा कोषाध्यक्ष रामकृष्ण अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रस्तावहरू पारित गरेको छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.