३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शिक्षक माग गर्दै नगरपालिकामा ओछ्यान राखेर २४ घण्टे धर्ना दिँदै वडाध्यक्ष

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१ फाल्गुन २०८१

    वीरगञ्ज । धनुषा जिल्लाको सबैला नगरपालिका - ११  का वडाध्यक्ष सरोज यादव शिक्षा सुधार तथा शिक्षक पूर्तिको माग गर्दै नगरपालिका अगाडि २४ घण्टे धर्ना सुरु गरेका छन् ।

    Ad
    Ad
    Ad

     

    शिक्षाको अभावका कारण विद्यार्थीहरूको भविष्य अन्धकारमय बन्दै गएको भन्दै उनले तत्काल शिक्षक उपलब्ध गराउन माग गर्दै नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा अगाडि अनिश्चित कालिन २४ घण्टे धर्ना सुरु गरेका हुन् ।

    Ad
    Ad
    Ad

     

     

    वडाध्यक्ष यादवले आफ्नो नेतृत्वमा मङ्गलवार वडाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्याक्टरमा राखेर नगरपालिकाको कार्यालय ल्याई शिक्षक अभावको समस्या सुनाए पनि कुनै सुनुवाइ नभएपछि उनले बाध्य भएर धर्ना सुरु गर्नुपरेको बताएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    धर्ना स्थलबाटै सामाजिक सञ्जालमा भिडियो सन्देश साझा गर्दै उनले शिक्षक उपलब्ध नभएसम्म नगरपालिका अगाडि धर्ना जारी राख्ने चेतावनी पनि दिए । “हामी नगरपालिकामा अनिश्चित कालीन धर्नामा बस्नेछौँ । अहिले हामी वडा कार्यालय तथा विद्यालय बन्द गरेर यहाँ आएका छौँ । हामी यहाँबाट शिक्षक लिएर मात्रै फर्किने छौँ ।”

     

    वडा नम्बर ११ मा आठ कक्षासम्म पठनपाठन भए पनि त्यहाँ केवल तिन जना शिक्षक रहेको यादवको भनाई छ । तिन जना शिक्षकको कारण पठनपाठन प्रभावकारी नहुनुका साथै विद्यार्थीहरूलाई समेत समस्या हुने गरेको उनले बताए ।

     

    त्यस्तै वडाध्यक्ष यादवले वडामा कम्प्युटर अपरेटर नहुँदा सेवाग्राहीहरूलाई विभिन्न सेवा उपलब्ध गराउन समेत चुनौती आइरहेको गुनासो गरे ।

     

    यादवले शिक्षक र प्राविधिक जनशक्ति अभावको समस्या केवल आफ्नो वडाको नभई अन्य ठाउँमा पनि रहेको दाबी गरे । उनले भने, “नगरपालिकाका अन्य विद्यालयहरूमा पनि शिक्षकहरूको अभाव छ ।”

    वडाध्यक्ष यादवले पटक–पटक कार्यपालिका बैठकमा शिक्षक पूर्तिको विषय उठाए पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । “बाध्य भएर हामी नगरपालिकामै रात बिताउनुपर्‍यो,” उनले भने ।

    शिक्षा प्रणालीको सुधारका लागि वडाध्यक्ष यादवको नेतृत्वमा भइरहेको आन्दोलनले सबैला नगरपालिकाका अन्य वडाहरूमा पनि असर पार्ने देखिएको छ । स्थानीय तहले यस विषयमा तत्काल पहल नगरे शिक्षाको अवस्था झन् जटिल हुने देखिन्छ ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.