३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२९ माघ २०८१

    मोरङ । मोरङको बेलबारीमा नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ । बेलबारी-१ स्थित तमू बुद्धिष्ट गुम्बामा आगामी फागुन १६ देखि २० गतेसम्म हुने प्रदर्शनीमा कोशी प्रदेशका सबै जिल्लाबाट सहभागी आउने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा ललितकलाका सबै विधा समेटिने प्रदर्शनीका संयोजक सञ्जय वान्तवाले बताए । उनले प्रादेशिक ललितकला प्रदर्शनी सम्पन्न गर्न ६१ सदस्यीय मूल आयोजक समिति र विभिन्न ११ उपसमिति गठन गरिएको जानकारी दिए ।

    Ad
    Ad
    Ad

     

     

    समसामयिक चित्रकला, परम्परागत चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली लोककला समावेश हुने उल्लेख गरिएको छ । साथै थारू लोककला, सन्थाल लोककला, राजवंशी लोककला, खवास लोककला, मौलिक रैथाने लोककला तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गी कलाको पनि प्रदर्शनी गरिने बताइएको छ । यस्तै, १२ जनाको विज्ञ टोलीले प्रदर्शित कलाको व्यक्तिगत रुपमा मूल्याङकन गरेर दिएको नम्बर जोडेर आएको योगफलको आधारमा पुरस्कृत हुने कला छनोट गरिने बताइएको छ । पुरस्कृत हुने हरेक विधाका उत्कृष्ट कलाकारले २५ हजार रूपैयाँका साथमा प्रमाणपत्र पाउनेछन् । प्रदर्शनीभरबाट उत्कृष्ट हुने एक जनाले ३० हजार रूपैयाँ र प्रमाणपत्र पाउने उल्लेख गरिएको छ ।

    Ad
    Ad
    Ad

     

     

    प्रदर्शनीबाट छानिएका कलाकृतिले राष्ट्रिय प्रदर्शनीमा सहभागी हुने मौका पाउने बताइएको छ । पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन राष्ट्रिय कलाकारसहितको कला कार्यशाला, तेस्रो दिन समसामयिक कला, लोककला तथा रैथाने कलासम्बन्धी अन्तरक्रिया, चौथो दिन सांस्कृतिक कार्यक्रम र पाँचौँ दिन समापन समारोहका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.