२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ५ हजार धरौटी बुझाउन नसक्दा ७ महिनादेखि जेलमा छन् फत्तेपुरका सुशील राई

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२९ माघ २०८१

    ५ हजार धरौटी बुझाउन नसक्दा ७ महिनादेखि जेलमा छन् फत्तेपुरका सुशील राई राजविराज– ‘शक्तिमा पहुँच’ र आर्थिक चलखेलका कारण नेपालको प्रहरी/प्रशासन प्रभावित हुने गरेको कयौं उदाहरण छन्। ठूला अनियमितता, संगठित अपराध, फौजदारी मुद्दामा जेल वस्नु पर्ने ब्यक्ति समेत शक्ति र आर्थिक चलखेलकै कारण करोडौं धरौटी तिरेर सहजै थुनामुक्त भएका उदाहरण पनि प्रशस्तै छन्। तर, शक्तिमा पहुँच तथा आर्थिक हैसियत नहुने सर्वसाधारण भने ५–१० हजार रुपैयाँ धरौटी बुझाउँन नसक्दा महिनौं दिनदेखि जेलमा छन्। तीनै मध्येका एक हुन– सप्तरीको सप्तकोशी नगरपालिका–१ का सुशील राई। उनी ५ हजार धरौटी बुझाउन नसक्दा ७ महिनादेखि राजविराज कारागारमा छन्।

    Ad
    Ad
    Ad

     

    अभद्र व्यवहार मुद्दामा पक्राउ परेका राईलाई गत २३ साउन ०८१ मा जिल्ला प्रशासन कार्यालय सप्तरीले ५ हजार रुपैयाँ मागेको थियो। तर, उनले धरौटी बुझाउन नसकेपछि सोही दिन कारागार पठाइएको हो। रमणबाबु कर्णको जाहेरीले नेपाल सरकार वादी भई चलेको मुद्दामा राई ५ हजार धरौटी तिर्न नसकेर २३ साउनदेखि कारागारमा बन्दी जीवन बिताइरहेका छन्। यही मुद्दामा राईसँगै मुद्दा चलेका जीवन तामाङ भने ४ दिनपछि ५ हजार धरौटी बुझाएर छुटेको सप्तरी कारागारले जनाएको छ। यस्तै, महदेवा गाउँपालिका–२ का शिवकुमार दास (शिवनारायण दास) पनि १० हजार धरौटी बुझाउन नसक्दा गत १४ माघदेखि कारागारमा बन्दी छन्। उनी विरुद्ध चलेको अभद्र व्यवहारको मुद्दामा १४ माघ ०८१ मा जिल्ला प्रशासनले १० हजार धरौटी मागेको थियो।

    Ad
    Ad
    Ad

     

    तर, धरौटी बुझाउन नसक्दा उनी पनि कारागारमै रहेको कारागारका निमित्त प्रमुख प्रवीण अधिकारीले जानकारी दिए। ४ हजार धरौटी बुझाउन नसकेर कारागारमा रहेका एक जना केही दिनअघि रकम बुझाएर छुटेको उनले वताए। अधिकारीका अनुसार धरौटी बुझाउन नसकेर अहिले पनि १६ जना कारगारमा छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.