२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सप्तरीमा चार अर्ब लगानीमा ६ उद्योग खुल्दै

    • दिलखुस देवान दिलखुस देवान
    • today२९ माघ २०८१

    काठमाडौं । सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इण्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ। व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा ६ वटा उद्योगको निर्माण हुने जनाइएको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सोमबार उक्त ‘बिग इन्डस पदमनगर’को शिलान्यास गरे। विभिन्न निर्माण कम्पनी सञ्चालक तथा हाइड्रोपावर व्यवसायीसमेत रहनुभएका ‘बिग इन्डस पदमनगर’का सञ्चालक स्थानीयवासी न्यौपानेले आफ्ना हजुरबुबा पदमबहादुरले सामाजिक क्षेत्रमा पु¥ याएको योगदानलाई चिरस्थायी बनाउन आफ्नै जन्मभूमिको माटो सुहाउँदो छ उद्योग स्थापना गर्न लागेको बताए।

    Ad
    Ad
    Ad

     

    उनका अनुसार आँप, फर्सी, कटहर, तरबुजालगायत फलफूलको जुस प्याकेट बनाउन ‘पल्प’ उद्योग निर्माण गरिने छ। आँपको समयमा किसानले उत्पादन गरेका आँप दिनको १० ट्रकका दरले खरिद गरिने छ। यसबाट यहाँका किसानले आँपको बजार र मूल्य नपाउने समस्या समाधान हुने उनले बताए। त्यसैगरी, दुई हजार मेट्रिक टनको ‘कोल्ड स्टोरेज’ स्थापना गरी किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीका लागि हुने समस्या हटेर जाने सञ्चालक न्यौपानेको भनाइ छ। उनका अनुसार भारतीय पेट्रोलियमसँगको सहकार्यमा ‘लुब्रिकेन्ट्स’ उत्पादन गर्ने उद्योगको पनि स्थापना गरिने छ। त्यसैगरी, अन्य उद्योगमा सिसा र बोटल उद्योग, ‘बिटुमिन’का पेन्टस् उद्योग र सौर्य प्लान्टबाट तीन मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्नेगरी उद्योगको संरचना निर्माण र सञ्चालन गर्न करिब दुई वर्षको समय लाग्ने उनले बताए। ‘त्यसले ५०० जनालाई प्रत्यक्ष र पाँच हजार परिवारलाई अप्रत्यक्ष रोजागारीको अवसर सृजना हुन्छ’, सञ्चालक न्यौपानेले भने।

    Ad
    Ad
    Ad

     

    सोही क्रममा सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले उद्योग स्थापनापछि यस क्षेत्रका जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने भन्दै खुशी व्यक्त गरे। उनले यस ठाउँमा उद्योग स्थापनापछि सुरुङ्गाको नाम उचाइमा पुग्ने विश्वास व्यक्त गरे। पालिकाका तर्फबाट उद्योग सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए। परियोजनाका प्रबन्धक भीष्म रेग्मीका अनुसार यो औद्योगिक क्षेत्रको सबै संरचना निर्माणका लागि रु चार अर्ब लागत अनुमान छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • नेपाल-भारतका दर्शनार्थीलाई सेवा दिइने: घण्टाघरमा हिन्दू पत्रकार संघको स्वास्थ्य शिविर
    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.