ठोरीमा भारतीय पुरुषको शव शङ्कास्पद अवस्थामा फेला
-
बिरेन्द्र यादब
- today२९ माघ २०८१
वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा एक जना पुरुषको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । ठोरी गाउँपालिका – ४ बाघमोर्चा पुल नजिकै भारतीय पुरुषको शव शङ्कास्पद अवस्थामा भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) रञ्जित लामाका अनुसार, मृतकको पहिचान भारतको पश्चिमी चम्पारणका ५१ वर्षीय राजदेव माझीको रूपमा भएको छ ।