३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रौतहटमा स्कार्पियो र ट्रक ठोक्किँदा ठूलो दुर्घटना, पाँच जना घाइते

    • बिशाल यादब बिशाल यादब
    • today२९ माघ २०८१

    वीरगञ्ज । रौतहटको चन्द्रपुर नगरपालिकामा मङ्गलवार बिहान भएको सवारी दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर-५ स्थित चाँदी पुल नजिक चन्द्रनिगाहपुरबाट सर्लाही जाँदै गरेको स्कार्पियो र विपरीत दिशाबाट आइरहेको मालवाहक ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा स्कार्पियोमा सवार पाँच जना घाइते भएका हुन् ।

    Ad
    Ad
    Ad

     

    दुर्घटनामा मौलापुर नगरपालिका-३ का २० वर्षीय सुदिप कुमार यादव, १८ वर्षीय प्रशान्त ठाकुर, २१ वर्षीय राम विनय महतो, १८ वर्षीय प्रदीप कुश्वाहा र २८ वर्षीय सन्तोष कुश्वाहा घाइते भएका छन् । घाइतेहरूको चन्द्रपुरस्थित चन्द्रपुर अस्पतालमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । अस्पतालका प्रमुख डा. सुभाष चौधरीका अनुसार सन्तोष कुश्वाहाको अवस्था गम्भीर छ भने अन्यको उपचार जारी छ ।

    Ad
    Ad
    Ad

     

    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले दुर्घटनामा संलग्न ट्रकका चालक २८ वर्षीय फुरी तामाङलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल तामाङले जानकारी दिए ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.