३० पुष २०८२, बुधवार / 14 January 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बालक अपहरण गरी वीरगञ्जको बाटो हुँदै भारत लिएर जान खोजिरहेका भियतनामी नागरिक पक्राउ

    • बिशाल यादब बिशाल यादब
    • today२८ माघ २०८१

    वीरगञ्ज । ललितपुरबाट चार वर्षीय बालक अपहरण गरी बन्धक बनाएर वीरगञ्जको बाटो हुँदै भारत लिएर जान खोजिरहेको आरोपमा एक भियतनामी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको परिचय भियतनामको चाइवाङ सहरका माइ होआङ किन्ह लउनका रूपमा खुलेको छ । प्रहरीका अनुसार लउनले बालकलाई ललितपुरको मंगलबजार क्षेत्रबाट अपहरण गरेका थिए । बिहीबार साँझ बालकको आमाले आफ्नो छोरा हराएको भन्दै उजुरी दिएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले खोजी कार्य सुरु गरेको थियो ।

    Ad
    Ad
    Ad

     


    प्रहरीको अनुसन्धानपछि काठमाडौँको कलंकीस्थित इलाम मेची गेस्ट हाउसको कोठा नम्बर १०७ मा बालकलाई बन्धक बनाइएको अवस्थामा फेला पारिएको थियो । प्रहरीले शुक्रवार साँझ वीरगञ्ज जाने तयारीमा रहेका लउनलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो । अनुसन्धानका क्रममा लउनले लामो समयदेखि बालकलाई चकलेट र चिप्स खुवाउँदै विश्वास जितेर आफूतर्फ आकर्षित बनाएको खुलासा भएको छ । प्रहरीका अनुसार बालककी आमा पाटन क्षेत्रमा चिया बेच्ने गर्थिन्, र लउन त्यहीँ गएर चिया खान्थे । त्यही अवसरमा उनले बालकलाई पटक–पटक चकलेट र चिप्स दिन्थे, जसले गर्दा बालक उनमा विश्वास गर्न थालेका थिए ।

    Ad
    Ad
    Ad

     

    प्रारम्भिक बयानमा लउनले बालकलाई भारतको कुनै बालगृहमा राखेर शिक्षा दिन चाहेको बताएका छन् । प्रहरीले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको छ । यसअघि पनि लउन नेपाल आएका थिए भन्ने तथ्य फेला परेको छ । प्रहरीका अनुसार उनी १४ महिना अगाडि नेपाल आएका थिए र त्यस समयमा होस्टेल तथा होटेलहरूमा बसेका थिए । उनी केही समय गुम्बामा भाषा सिक्नसमेत गएका थिए । लउन भारतमा पनि बसेका थिए र त्यहाँ उनले नक्कली आधार कार्डसमेत बनाएको खुलेको छ । प्रहरीले उनको साथबाट भियतनामी मुद्रा २० हजार, तीन वटा मोबाइल, एक ल्यापटप, दुई वटा नक्कली भारतीय आधार कार्ड, एक बस टिकट र एक चक्कु बरामद गरेको छ ।प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.