७ श्रावण २०८२, बुधवार / 23 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेस प्रदेशकै सर्वाधिक धनराशीको वीरगन्ज गोल्डकप फुटबल फागुन १७ देखि

    • संजय कुशवहा संजय कुशवहा
    • today२८ माघ २०८१

    वीरगंज | मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगन्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगन्जको आर्दशनगर रंगशालामा हुने भएको छ। भेट्रान सिटी क्लब वीरगन्ज आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा आठ फुटबल टिमले सहभागिता जनाउने छन्। फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइने छ। भेट्रान सिटी क्लब वीरगन्जका अध्यक्ष सबिन बस्नेतले मधेस प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए।

     

    Ad
    Ad

    विगतमा वीरगन्जमा फुटबलका गतिविधि निकै धेरै हुन्थे। तर, पछिल्लो समय वीरगन्जमा फुटबलका गतिविधि सुस्ताएसँगै खेलकुदको विकास र जर्गेना गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘प्रतियोगिता ए डिभिजन लिग फुटबल खेल्ने टोलीसहित भारतीय टोलीको पनि सक्रिय सहभागिता जनाउने छन्। यसले मधेस प्रदेशमा फुटबल खेलको विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौं।’ प्रतियोगितामा संकटा फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौँ, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगन्ज युनाइटेड क्लवले प्रतिस्पर्धा गर्नेछन्।

     

    Ad
    Ad

    क्लबका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताको विजेता टोलीलाई नगद रु ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जानकारी दिए। ‘प्रतियोगिता सञ्चालनको लागि आर्दशनगर रंगशालाको मैदान मर्मतसम्भारको कार्य अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘दुई महिनादेखि रंगशालाको मैदान मर्मतसम्भारको कार्यलाई तीव्रता दिइएको छ।’ प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने अनुमान आयोजकले गरेको छ।

     

    Ad

    प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माणको कार्यलाई पनि तीव्रता दिइएको छ। उनले भने, ‘अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ।’ प्रतियोगिता संयोजक श्रीवास्तवले विगतमा वीरगन्जमा चर्चित फुटबलका गतिविधि हुने गरे पनि पछिल्लो समय सुस्ताएको फुटबलको गतिविधिलाई फेरि जुर्मुराउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो। प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको विजेताको रूपमा नेपाल पुलिस क्लब र उपविजेताको रूपमा नेपाल आर्मी क्लब भएको थियो।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.