७ श्रावण २०८२, बुधवार / 23 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अख्तियारले भ्रष्टाचारमा संलग्न ठुला माछाहरू पक्राउ गर्नुपर्छ : देवकोटा

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today२८ माघ २०८१

    हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अख्तियारले सबै प्रकारका भ्रष्टाचारमा संलग्न ठुला माछाहरू पक्राउ गर्नुपर्ने बताएका छन् । उनले साना भ्रष्टाचारका घटनालाई छानबिन र कारबाही गरी मुद्दाको संख्या मात्र बढाउने नभई ठुला र सबै प्रकारका भ्रष्टाचारी माछाहरू समात्न सक्नुपर्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिकोत्सवको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले जनताको निराशा चिर्दै भ्रष्टाचारको विरुद्ध खरो उत्रिएर सक्नुपर्ने बताए । बेइमानीका विरुद्धको कदम चाल्ने विषयमा खुट्टा नकमाउन उनले अख्तियारलाई आग्रह गरे । चुनौती चिर्दै अघि बढ्दा खास सफलता प्राप्त हुने उनले बताए । अख्तियारको प्रगति झिनो देखिएको र उक्त विषयमा गम्भीर हुनुपर्ने उनको भनाई छ ।


    ‘

    Ad
    Ad

    भ्रष्टाचार जघन्य अपराध हो । यसको निन्दा कुनै शब्दमा लिन सकिँदैन । आफ्नो अख्तियारीलाई दुरुपयोग गरी देश, जनता र सुशासन विरुद्ध नैतिकता र कानुन विपरीत जाने जो कोहीलाई सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही प्रक्रियामा अघि बढाउनु पर्दछ’ उनले भने, ‘अख्तियारलाई साना÷साना भ्रष्टाचारका मुद्दामा हात हालेर सङ्ख्यात्मक विवरण पेस गर्ने तर ठुला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिचकिचाउने भन्ने आरोपहरू पनि लागेको पाइन्छ । यी आरोपलाई गलत साबित गराउन साना÷ठुला सबै प्रकृतिका भ्रष्टाचारी माछाहरूलाई पक्रिन सक्नुपर्दछ ।’

    Ad
    Ad


    उनका अनुसार कार्य सम्पादनमा देखिएको सुस्तताले युवाहरूमा निराशा बढाइरहेको छ । राज्यका निकायहरुलाई दोषारोपण गरेर ढिलासुस्ती गर्ने छुट नरहेको र तीव्र रूपमा गतिशील विश्वको लय समाउन सबैले परिष्कृत हुनुपर्ने उनले बताए । भ्रष्टाचार हुन नदिन इमान्दारीता, पारदर्शिता र सुशासनका विषय वस्तु विद्यालय र कलेजका पाठ्यक्रममा समावेश गरिनुपर्ने उनको धारणा रहेको छ । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भ्रष्टाचार देश विकास र समृद्धिको वाधक भएको बताए । भ्रष्टाचारका कारण नागरिकको मौलिक हक उपभोगमा समेत बाधा पुर्याउने उनले बताए । पछिल्लो समय देशमा नीतिगत भ्रष्टाचार र काम चोरी बढेको उनको भनाई छ । भ्रष्टाचारको अङ्क दिनप्रतिदिन बढिरहेकोले यसको अन्त्य गर्ने जिम्मेवारी अख्तियारको मात्र नभई सम्पूर्ण नागरिक समाज, निजी क्षेत्रको समेत भएको उनको भनाई छ ।

     

    Ad

    प्रदेश सरकार सुशासन पारदर्शिता कायम गर्न प्रतिबद्ध रहेको उनले बताए । मन्त्री लामिछानेले प्रदेश सरकार न्याय प्रणालीको सुदृढीकरण र प्रशासनिक क्षेत्रमा सुधारको लागि अघि बढिरहेको बताए । नीति निर्माण, बजेट व्यवस्थापन, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न सरकार जिम्मेवार ढङ्गबाट अघि बढेको उनले बताए 

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.