७ श्रावण २०८२, बुधवार / 23 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बाबुरामको राजनीतिक प्रतिवेदन: प्रचण्डलाई गोरखा-२ छाड्नु गम्भीर गल्ती

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today२८ माघ २०८१

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन आइतबारदेखि काठमाडौंमा जारी छ। महाधिवेशनमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक तथा सांगठनिक प्रस्ताव पेस गरेका छन्। उक्त प्रस्तावमाथि छलफल जारी छ। महाधिवेशनमा एक हजार पाँच सय प्रतिनिधि सहभागी छन्।  भट्टराईले महाधिवेशनमा पेस गरेको राजनीतिक प्रस्तावमा २०७९ मंसिरको प्रतिनिधि सभा चुनावबारे केही प्रसंग छ। त्यसबेला नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको थियो। माओवादीकै चुनाव चिह्न लिएर केही ठाउँमा प्रत्यक्षतर्फ र केही ठाउँमा समानुपातिक सूचीमा पनि नेताहरूको नाम समावेश गरेको थियो।

     

    Ad
    Ad


    गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार हुँदै निर्वाचित भइआएका भट्टराईले आफू चुनाव नलडी माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई ठाउँ खालि गरिदिएका थिए। तत्कालीन सत्ता गठबन्धनबाट अध्यक्ष प्रचण्ड साझा उम्मेदवार थिए- गोरखा २ मा। त्यसबेला भट्टराईले मात्रै होइन, नेपाली कांग्रेसले पनि प्रचण्डलाई नै समर्थन गरेको थियो। अध्यक्ष प्रचण्ड गोरखा २ बाट निर्वाचित भएर प्रधानमन्त्री पनि बने।  तर गोरखा क्षेत्र नम्बर २ मा प्रचण्डलाई उम्मेदवार हुन दिनु नै गम्भीर गल्ती भएको निष्कर्ष भट्टराईले निकालेका छन्। २०७९ असारमा 'नेपाल समाजवादी पार्टी' को रूपमा पुनर्गठित गरिसकेपछि २०७९ मंसिरमा भएको आम निर्वाचनमा माओवादी केन्द्रसँग साझा चुनाव चिह्न लिनु र निर्वाचन क्षेत्र गोरखा-२ प्रचण्डलाई छोड्नु गम्भीर गल्ती थियो,’ महाधिवेशनमा पेस राजनीतिक प्रस्तावमा भट्टराईले उल्लेख गरेका छन्, ‘एमालेबाट अलग्गिएपछि अप्ठ्यारोमा परेको माओवादी केन्द्र र भर्खर नेसपाको रुपमा पुनर्गठित भएको बेला अलमलमा परेका हामी बीचको हतारो निर्णयको दुष्परिणाम थियो त्यो चुनावी तालमेल।’

     

    Ad
    Ad

    प्रचण्डलाई सदासयतापूर्ण तवरले गोरखा २ छाडिएको उनले उल्लेख गरेका छन्। प्रचण्डलाई गोरखा-२ छोड्नु हाम्रो नेतृत्वको सदासयतापूर्ण उदारवादी कमजोरी थियो। पछि बेइमानीपूर्ण र मूल्यहीन सत्तादेखि सत्तासम्मको राजनीति गर्नेहरूले भ्रम फैलाएझैं त्यहाँ अरू कुनै अपारदर्शी समझदारी वा लेनदेन केही थिएन,’ भट्टराईको दाबी छ, ‘वैचारिक-राजनीतिक ढंगले माओवादी आन्दोलनको अध्याय नेपालमा पूरा भइसक्यो, अब नयाँ युगको यात्रा नयाँ ढंगले गर्नुपर्छ भनेर स्वेच्छिक र खुला रुपमा नयाँ वैकल्पिक राजनीतिक अभियानमा हिँडिसकेका हामीले आफ्नो ऐतिहासिक दायित्व बिर्सेर फेरि पछि फर्कने कुरा असम्भव र कल्पना बाहिरको कुरा हो।’ उनले षड्यन्त्र र जालझेलमा पोख्त र क्रान्तिकारी निष्ठा र आदर्शबाट स्खलित भएकाहरूसँग निकट हुनु हुन्न भन्ने पाठ यसबाट सिकेको पनि उल्लेख गरेका छन्।

     

    Ad

    भट्टराईले गोरखा २ प्रचण्डलाई छाडेर तत्कालीन सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ७ मा छोरी मानुषी यमी भट्टराईलाई साझा उम्मेदवार बनाएको चर्चा त्यसबेला भएको थियो। मानुषी चुनावमा पराजित भएकी थिइन्। माओवादीसँग चुनावी तालमेल गरेको नेसपाले त्यसपछि पार्टी एकताकै लागि पटक-पटक माओवादी केन्द्रसँग छलफल पनि गरेको थियो।  त्यसबीचमा महिन्द्र राय यादव र गंगानारायण श्रेष्ठलगायत केही नेताहरूले माओवादीसँग एकता गर्ने सहमति गरे पनि अझै त्यो विषय कार्यान्वयनमा आइसकेको छैन भने भट्टराईले नेसपा (नयाँ शक्ति) बनाउँदै प्रथम महाधिवेशन गरेका छन्।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.