३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मुख्यमन्त्री सिंहद्वारा कमलामाई क्रसर उद्योगको निरीक्षण, स्टक प्रमाणीकरण नभएसम्म उत्पादन रोक्न निर्देशन

    • दिलखुस देवान दिलखुस देवान
    • today२८ माघ २०८१

    वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योगको निरीक्षण गर्दै स्टक प्रमाणीकरण नहुँदासम्म उत्पादन नओसार्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारी सहितको टोलीसहित आज साँझ उद्योगको स्थलगत अनुगमन गरेका हुन् । नदीजन्य पदार्थको अवैध दोहनबारे बढ्दो चिन्तालाई मध्यनजर गर्दै उनले उद्योगमा सञ्चित ढुङ्गा, गिट्टी र बालुवाको स्रोत तथा वैधता प्रमाणित नभएसम्म ढुवानी गर्न नदिन कडा निर्देशन दिए । साथै, कुनै पनि अनियमित गतिविधि देखिएमा कानुनी कारबाहीको चेतावनी समेत दिए ।

    Ad
    Ad
    Ad

     


    मुख्यमन्त्री सिंहका अनुसार, सोमबार स्थानीय तहसँग छलफल गर्दै आवश्यक प्रमाणीकरणको टुङ्गो लगाइने छ । त्यसपछि मात्र उद्योग सञ्चालनको विषयमा निर्णय गरिनेछ । निरीक्षणका क्रममा उनले क्रसर उद्योगको दर्ता, नवीकरण, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, सञ्चित नदीजन्य पदार्थको परिमाण, उत्खननका स्थान तथा गहिराइ जस्ता पक्षबारे विस्तृत जानकारी लिएका थिए ।धनुषाको कमला खोलामा वर्षौँदेखि भइरहेको अवैध उत्खननका कारण नदी प्रणालीमा प्रतिकूल असर परेको स्थानीयवासी बताउँछन् । क्रसर उद्योगहरूले एक्साभेटर जस्ता उपकरण प्रयोग गरी जथाभाबी उत्खनन गर्दै स्थानीय ट्याक्टरमार्फत ठूलो परिमाणमा नदीजन्य पदार्थ ओसार्ने गरेका छन् ।

    Ad
    Ad
    Ad

     

    यद्यपि, क्रसर उद्योगहरू बालुवा प्रशोधन केन्द्रको अनुमति लिएर सञ्चालनमा छन् । तर, अधिकांश उद्योगहरू मापदण्ड विपरीत बन क्षेत्र, स्वास्थ्य संस्था, पुलपुलेसा तथा खोलानदी किनारमै सञ्चालन भइरहेका छन् । जसले गर्दा वातावरणीय तथा संरचनात्मक जोखिम बढाएको विज्ञहरू बताउँछन् ।मुख्यमन्त्री सिंहको निर्देशनपछि अब यस क्षेत्रका क्रसर उद्योगहरूको नियमन कडा बनाउने सङ्केत देखिएको छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.