३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अझै रोकिएन सुशील वनस्पति (राजहंश) उद्योगको बदमासी, सिर्सिया नदीमा सोझै फोहर पानी मिसाउँदै

    • बिशाल यादब बिशाल यादब
    • today२८ माघ २०८१

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – २१ परवानीपुरस्थित सुशील वनस्पति (राजहंश) उद्योगले सरिसवा (सिर्सिया) नदीमा निरन्तर रूपमा रसायनयुक्त फोहोर पानी मिसाउँदै पाइएको छ । छठ पर्वको अवसरमा समेत नदीलाई प्रदूषित बनाएको उद्योगले अझै पनि नदीलाई प्रदूषित बनाउने कामलाई निरन्तर जारी राखेको हो । उद्योगबाट निस्किने रसायनयुक्त फोहर र पानीलाई प्रशोधन गरेर मात्र नदीमा मिसाउन वीरगञ्ज महानगरपालिकाको पटक–पटकको आग्रहलाई बेवास्ता गर्दै उद्योगले सिर्सियालाई नदीलाई प्रदूषित गरेको स्थानीय युवा कुमार कृष्णले आरोप लगाए ।

    Ad
    Ad
    Ad

     

    उनले सामाजिक सञ्जाल मार्फत उद्योगको लापरबाहीविरुद्ध आवाज उठाउँदै सम्बन्धित वडा, वीरगञ्ज महानगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गराएका छन् । सामाजिक सञ्जालमा एउटा भिडियो साझा गर्दै उनले उद्योगले नदीमा फोहोर मिसाइएको प्रमाण समेत प्रस्तुत गरेका छन् । वीरगञ्ज  - २१ वडाध्यक्ष राधाकृष्ण रौनियारले सुशील वनस्पति (राजहंश) उद्योगले सुरुदेखि नै महानगरपालिका तथा सरोकारवाला निकायहरूको निर्देशन अवज्ञा गर्दै आएको बताए । “हामीले पटक-पटक ताकेता गर्‍यौँ, तर उद्योगले प्रदूषित पानी फाल्न छोडेको छैन । अब यस विषयमा कडा कानुनी कारबाही हुनु आवश्यक छ,” उनले भने ।

    Ad
    Ad
    Ad

     

    स्थानीय बासिन्दाले वातावरणीय प्रदूषणको कारण सिर्सिया नदीको पानी अत्यधिक हानिकारक बनेको भन्दै तुरुन्त उद्योगविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् । प्रदूषणले धार्मिक आस्था मात्र नभई स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको उनीहरूको भनाइ छ । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन तथा पर्यावरणीय न्यायको पक्षमा सरकार, महानगरपालिका र सरोकारवाला निकायलाई तत्काल कदम चाल्न स्थानीयहरूले आग्रह समेत गरेका छन् । यस विषयमा उद्योग सञ्चालक रतन केडियासँग बुझ्ने प्रयास गर्दा उनले प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । यसअघि पनि उनले नगरपालिकाको निर्देशनलाई बेवास्ता गर्दै आएको स्थानीयले आरोप लगाएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.