७ श्रावण २०८२, बुधवार / 23 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • झन्डै १३ लाखसहित पक्राउ परेका तिन जनाको सम्बन्धी सूचना लुकाउँदै बारा प्रहरी

    • संजय कुशवहा संजय कुशवहा
    • today२८ माघ २०८१

    वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको झन्डै १३ लाख रुपैयाँ भन्दा बाढी रकमसहित पक्राउ गरेको तीन जनाको सम्बन्धमा औपचारिक जानकारी दिन आनाकानी गरिरहेको छ । प्राप्त सूचना अनुसार, स्रोत नखुलेको रकमसहित बारा प्रहरीले एक जना भारतीय नागरिकसहित पहिचान नखुलेको अन्य दुई जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि यस विषयमा प्रहरीले आधिकारिक सूचना जारी गर्न आनाकानी गर्नुका साथै ढिलाइ पनि गरिरहेको छ । स्रोतका अनुसार बारा प्रहरीले आइतबार बिहान चितवनको नारायणघाटबाट वीरगञ्जतर्फ आइरहेको ना ५ ख ६५४४ नम्बरको बसबाट विशेष सूचनाका आधारमा एक जना भारतीयसहित अन्य दुई जनालाई स्रोत नखुलेको १३ लाख रुपैयाँ भन्दा बढी रकमसहित नियन्त्रणमा लिएको थियो ।

     

    Ad
    Ad


    पक्राउ परेकाहरूबाट १० लाख १७ हजार ५०० नेपाली रुपैयाँ र १ लाख ४७ हजार ५०० भारतीय रुपैयाँ बरामद गरिएको स्रोतको दाबी छ । पक्राउ परेका भारतीय नागरिकको ५० वर्षीय उजिर मियाँको रूपमा पहिचान खुलेको छ । तर अन्य दुई व्यक्तिको परिचय अझै सार्वजनिक गरिएको छैन । प्रहरीले किन सूचना लुकाउँदै छ? घटनाको गम्भीरता हेर्दा प्रहरीले तुरुन्तै आधिकारिक जानकारी दिनुपर्ने भए पनि अहिलेसम्म कुनै प्रेस विज्ञप्ति जारी गरिएको छैन । प्रहरी प्रशासनले किन यो विषयमा मौनता साधेको हो भन्ने प्रश्न उठ्न थालेको छ ।

     

    Ad
    Ad

    बाराका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटालाई आइतबार नै यस विषयमा फोन मार्फत सम्पर्क गरेर बुझ्दा उनले प्रेस विज्ञप्ति मार्फत जानकारी गराइने बताए । तर, अपराधीहरू पक्राउ परेको झन्डै एक दिन बितिसक्दा पनि प्रहरीले कुनै औपचारिक सूचना सार्वजनिक गरेको छैन । प्रेस विज्ञप्ति सार्वजनिक गर्न किन ढिलाइ? यसबिच, बारा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरिएको विषयमा प्रेस विज्ञप्ति जारी गरेको छ । यति मात्र होइन, साना-साना बरामद घटनाहरूमा समेत तुरुन्तै प्रेस विज्ञप्ति दिने बाराको प्रहरी प्रशासनले स्रोत नखुलेको ठूलो रकम फेला परेको घटनामा चुप्पी साध्नु गम्भीर प्रश्न उठ्ने विषय भएको छ ।

     

    Ad

    अपराधीलाई जोगाउन सूचना लुकाइएको आशङ्का सञ्चारकर्मीहरूको वृत्तमा प्रहरी प्रशासनले अपराधीहरूलाई जोगाउन सूचना लुकाउने प्रयास गरेको हुन सक्ने चर्चा हुन थालेको छ । पक्राउ परेकाहरूको पहिचान सार्वजनिक नगर्नु, प्रेस विज्ञप्ति जारी नगर्नु, र घटनालाई दबाउने प्रयास गर्नुले प्रहरी प्रशासनकै संलग्नतासम्बन्धी शङ्का पैदा गराएको छ । अब प्रहरी प्रशासनले यस घटनामा पारदर्शिता अपनाउनेछ कि लुकाउने रणनीति नै अख्तियार गर्नेछ भन्ने हेर्न बाँकी छ । यदि प्रहरी निष्पक्ष हो भने, उसले तत्कालै पक्राउ परेकाहरूको पहिचान सार्वजनिक गर्नुका साथै घटनाबारे स्पष्ट जानकारी दिनुपर्ने हुन्छ । यात्रा डेलीलाई

     

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.