२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आजदेखि सुरु हुँदै “सनलाइट इन्टर स्कुल क्रिकेट प्रतियोगिता”, ज्ञानदा र मनोकामनाबिच पहिलो खेल हुने

    • बिशाल यादब बिशाल यादब
    • today२८ माघ २०८१

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित सनलाइट स्कुलको आयोजनामा आजदेखि “सनलाइट टी-२० इन्टर स्कुल नकआउट क्रिकेट प्रतियोगिता” सुरु हुँदै छ । फागुन ४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा वीरगञ्जका विभिन्न प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहनेछ । सनलाइट स्कुलका प्रधानाध्यापक आलोक कुमार चौरसियाका अनुसार, प्रतियोगिता नकआउट आधारमा खेलाइनेछ र सम्पूर्ण खेलहरू वीरगञ्जस्थित नारायणी क्रिकेट रङ्गशालामा आयोजना गरिनेछन् । प्रतियोगिताको उद्घाटन खेल आज बिहान ९ बजे मनोकामना स्कुल र ज्ञानदा एकेडेमीबिच हुने चौरसियाले जानकारी दिए । खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको बताउँदै उनले दुवै टिमहरूलाई जितको शुभकामना पनि दिए ।

    Ad
    Ad
    Ad

     

    प्रतियोगितामा सहभागी विद्यालयहरूमा माउन्ट मकालु स्कुल, एसआर ग्यालेक्सी, मिनील्यान्ड स्कुल, जीवन ज्योति स्कुल, मनोकामना स्कुल, ज्ञानदा एकेडेमी, चिल्ड्रेन वर्ल्ड स्कुल, मालिनी एकेडेमी, सनलाइट स्कुल, गौतम स्कुल, ज्ञान ज्योति स्कुल, लिटिल एन्जल्स स्कुल, ओम नेशनल एकेडेमी र वीरगञ्ज एकेडेमी गरी कुल १४ विद्यालय रहेका छन् । प्रतियोगिता संयोजक अमित आलोकका अनुसार, प्रतियोगिता चार समूहमा विभाजन गरिनेछ । लिग चरणका प्रतिस्पर्धापछि फाइनल खेल फागुन ४ गते दिउँसो १ बजे नारायणी क्रिकेट रङ्गशालामा आयोजना गरिनेछ । विजेता टिमलाई आकर्षक ट्रफी तथा पुरस्कार प्रदान गरिने आलोकले बताए ।

    Ad
    Ad
    Ad

     

    प्रतियोगिताका खेलहरू उत्कृष्ट व्यवस्थापनका साथ खेलाइने आयोजक टिमले जनाएको छ । खेलाडीहरूको सुविधाका लागि उचित व्यवस्थापन, मेडिकल सुविधा तथा अनुशासन पालनाको विशेष ध्यान दिइएको छ । प्रतियोगिताले विद्यार्थीहरूबिच खेल भावना, अनुशासन तथा आपसी समन्वयको विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । आयोजक टिमले सम्पूर्ण विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा खेल प्रेमीहरूलाई उपस्थित भई खेलाडीहरूको हौसला बढाउन अनुरोध गरेको छ ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.