२८ मंसिर २०८२, आइतबार / 14 December 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • १३ वर्षीय बालिलाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय पुरुषसँगै अर्का किशोर पक्राउ

    • अमन गुप्ता अमन गुप्ता
    • today२८ माघ २०८१

    वीरगञ्ज । कैलाली जिल्लामा एक जना १३ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक पुरुष र एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय किशोर (नाम सार्वजनिक नगरिएको) रहेका छन् ।   बर्दगोरिया गाउँपालिका–२ की १३ वर्षीय किशोरीमाथि शनिवार बेलुकी उनीहरूले जबरजस्ती करणी गरेको आरोप छ ।

    Ad
    Ad
    Ad

     

    मोहन्याल घर भएर बर्दगोरियामा डेरा गरी बस्ने ती किशोरी कक्षा ४ मा पढ्छिन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बोहराका अनुसार विकले बालिकालाई शनिवार बेलुका मासु पकाएर ल्याइदिनू भनेका थिए । पकाएको मासु पुर्‍याउन पसलमा पुगेका बेला विक र अर्का किशोरले उनलाई ललाइफकाइ कोठामा लगेर जबरजस्ती करणी गरेका आरोप छ । आफूलाई जबरजस्ती करणी गरिएको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । आइतबार पीडित बालिकाकी दिदीले घटना बारे प्रहरीलाई खबर गरेकी थिइन् । आरोपित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Ad
    Ad
    Ad

     

    कैलालीको धनगढीमा पनि गएको बिहीबार १४ वर्षीय किशोरीमाथि बलात्कार भएको थियो । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी किशोरीलाई चक्कु देखाएर १८ वर्षीय किशोरले बलात्कार गरेको आरोपमा उजुरी परेको छ । विद्यालयबाट फर्किँदा बाटो छेकेर युवकले चक्कु देखाएर डर त्रासमा पारेर घरमा लगेर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । आरोपी अझै पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी बोहराले जानकारी दिए ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता
    • वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
    • डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२औँ वार्षिक दिवस ‘उल्लास’ सम्पन्न
    • गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि
    • बिरगंजमा विद्यालयस्तरमा साइबर क्राइम जनचेतना कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.