२८ मंसिर २०८२, आइतबार / 14 December 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रोयल एकेडेमीको नवौं वार्षिकोत्सव : बालबालिकाद्वारा मानवता र संस्कृतिमा समर्पित प्रस्तुति

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२७ माघ २०८१

    वीरगञ्ज । ‘द सेकेण्ड होम अफ युअर चाइल्ड’ नाराका साथ सञ्चालन भइरहेको रोयल एकेडेमी विद्यालयले शनिबार आफ्नो ९औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । विद्यालयले विशेष कार्यक्रम आयोजना गर्दै सानै उमेरदेखि नै बालबालिकामा मानवताको भावना विकास गराउने उद्देश्य सहित विविध सांस्कृतिक तथा शैक्षिक प्रस्तुति दिएका छन् ।

    Ad
    Ad
    Ad

     

    वीरगञ्जको क्लासिक बैंक्वेटमा आयोजित कार्यक्रममा बाल कक्षा (पीजी)देखि युकेजी सम्मका विद्यार्थीहरूले “मानवताको सुरुवात आफैंबाट” भन्ने विषयवस्तुमा आधारित नाटक प्रस्तुत गरे । साथै, जातीय पहिचान झल्किने परम्परागत भेषभूषामा सुसज्जित विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए । विद्यालयकी प्रधानाध्यापक बिजया ओझैयाले मानवता सिक्ने पहिलो थलो परिवार भए पनि विद्यालयले पनि त्यसमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले भनिन्, “सानै उमेरदेखि नै विद्यार्थीलाई मानवता, नैतिकता र सामाजिक उत्तरदायित्वबारे सचेत गराउनु आवश्यक छ । यसले उनीहरूलाई भविष्यमा समाजप्रति जिम्मेवार नागरिकका रूपमा स्थापित गर्न मद्दत गर्छ ।”

    Ad
    Ad
    Ad

     

     

    विद्यालयकी प्रबन्ध निर्देशक सबनम श्रेष्ठले बालबालिकाको चौतर्फी विकासमा विद्यालयले निरन्तर योगदान दिँदै आएको बताइन् । उनले भनिन्, “केवल किताबी ज्ञान मात्र पर्याप्त छैन । अतिरिक्त क्रियाकलापमा अब्बल बनाउँदा बालबालिकाको आत्मविश्वास अभिवृद्धि हुने र उनीहरू आत्मनिर्भर बन्न सक्छन् ।” एकेडेमीका अध्यक्ष ओम श्रेष्ठले बालबालिकालाई केवल किताबी अध्ययनमा सीमित नराखी व्यवहारिक ज्ञानमा पनि केन्द्रित गराउनु पर्ने धारणा व्यक्त गरे । उनले हालैको प्रविधि विकास उल्लेख गर्दै भने, “च्याटजीपीटी, एआई जस्ता प्रविधिहरू द्रुतगतिमा अघि बढिरहेको समयमा केवल सैद्धान्तिक ज्ञान मात्र होइन, अनुभव र व्यवहारिक ज्ञानलाई जोड दिनु आजको आवश्यकता हो ।”
    कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता, सञ्चारकर्मी सूर्यनारायण विक, पत्रकार विमला गुप्ता, आनन्द पटेल, ग्लोबल कलेजका सहायक प्रधानाध्यापक सुमन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    Ad
    Ad
    Ad
    Ad

     

    साथै, अभिभावक, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरू कार्यक्रमप्रति अत्यन्त उत्साहित देखिन्थे । कार्यक्रममा भएको नौलो प्रयोग थियो, हरेक पटक उद्घोषको फेरबदल । कक्षा २ देखि ५ सम्मका २४ जना विद्यार्थीहरुले आलोपालो गरेर कार्यक्रमको सहजीकरण गरेका थिए । जसले कार्यक्रममा सुनमा सुगन्ध थपेको थियो । 

    ताजा सूचना

    • पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता
    • वीरगंज मा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
    • डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२औँ वार्षिक दिवस ‘उल्लास’ सम्पन्न
    • गौरवशाली नेपाल विषयक सेमिनार : लेफ्टिनेन्ट कर्णेल कार्कीको प्रेरणादायी सम्बोधनले गौतम स्कुलका विद्यार्थी उत्साहि
    • बिरगंजमा विद्यालयस्तरमा साइबर क्राइम जनचेतना कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.