३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा रोटरी मैत्री क्रिकेट प्रतियोगिता सम्पन्न

    • दिलखुस देवान दिलखुस देवान
    • today२७ माघ २०८१

    वीरगञ्ज । रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा ‘रोटरी मैत्री क्रिकेट प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएको छ। उक्त प्रतियोगितामा पुरुष र महिलातर्फ गरी विभिन्न क्लबका टोलीहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका थिए।

    Ad
    Ad
    Ad

     

    महिलातर्फको खेलमा रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसबीच रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो। पाँच ओभरको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रोटरी क्लब अफ वीरगञ्जले २८ रनको अन्तरले रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसलाई पराजित गर्दै उपाधि जित्न सफल भयो। खेलाडीहरूको प्रदर्शन निकै उत्साहजनक रहेको र यस प्रतियोगिताले महिलाहरूलाई खेलकुदमा थप प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

    Ad
    Ad
    Ad

     

    पुरुषतर्फको पहिलो खेलमा रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस र रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगञ्जको संयुक्त टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै रोट्रयाक्ट क्लब अफ वीरगञ्ज र रोट्रयाक्ट क्लब अफ शंकराचार्यलाई पराजित गर्‍यो। ९ ओभरको खेलमा युनाइटेड टोलीले उत्कृष्ट ब्याटिङ गर्दै ७५ रनको फराकिलो जित निकालेको थियो।

    Ad
    Ad
    Ad
    Ad

     


    प्रतियोगिताको अर्को आकर्षक खेलमा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस र रोटरी क्लब अफ वीरगञ्ज भिडेका थिए। प्रतिस्पर्धात्मक खेलमा मेट्रोपोलिस टोलीले उच्च प्रदर्शन गर्दै ९ ओभरमा ८२ रनको विशाल अन्तरले जीत दर्ता गर्‍यो। खेलाडीहरूको उत्कृष्ट टिम वर्क र रणनीतिक खेल प्रदर्शनले दर्शकहरूलाई रोमाञ्चित बनाएको थियो।

     

    रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष अनिल जैसवालले प्रतियोगिताको समापन समारोहमा बोल्दै यस प्रकारका मैत्रीपूर्ण खेलकुद कार्यक्रमहरूले क्लबहरूबीचको आपसी समन्वय र भाइचारालाई अझ मजबुत बनाउने बताए। उनले आगामी दिनमा यस्ता प्रतियोगिताहरूलाई अझ व्यवस्थित र भव्य रूपमा आयोजना गर्ने योजना रहेको पनि जानकारी गराए।प्रतियोगिताका विजेता टोलीहरूलाई विशेष सम्मानका साथै ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। खेलाडीहरू र क्लबका सदस्यहरूले प्रतियोगितालाई अत्यन्तै रमाइलो र सम्झनायोग्य बनाएको प्रतिक्रिया दिएका छन्।

     

    ताजा सूचना

    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.