२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रधानाध्यापक र शिक्षकबिच पेस्की रकमको विवादमा कुटाकुट, विद्यालयमा तनाव

    • मेराज हास्मी मेराज हास्मी
    • today२७ माघ २०८१

    वीरगञ्ज । कमला नगरपालिका – २ स्थित माची झिटकैया माध्यमिक विद्यालयमा प्रधानाध्यापक र शिक्षकबिच पेस्की रकमको विषयमा विवाद चर्किएको छ । प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबिच विवाद बढेपछि कुटाकुट भएको जानकारी प्राप्त भएको छ । राहत शिक्षकका रूपमा कार्यरत रोहितले विद्यालय प्रशासनसँग पेस्की रकमको बारेमा कुरा गर्दै थिए । रोहितले ५० हजार रुपैयाँ पेस्की मागेका थिए, तर प्रधानाध्यापक जगरनाथ यादवले भने २५ हजार मात्र दिन सक्ने प्रतिक्रिया दिएका थिए । यसपछि दुबैबिच शब्दकोशको विवाद चर्किँदै कुटाकुटको रूप लियो ।

     

    Ad
    Ad


    विद्यालयका एक विद्यार्थीका अनुसार, विवादको कारण विद्यालयमा होहल्ला र अशान्ति फैलिएको थियो जसले पठनपाठनमा असर पुर्‍याएको थियो । घटना सम्बन्धी जानकारी प्राप्त गरेपछि नगर प्रमुख विश्वेश्वर यादवले वडाध्यक्षलाई घटनास्थलमा पठाएका थिए ।

     

    Ad
    Ad

    वडाध्यक्ष ठक्कु यादवका अनुसार, शिक्षक रोहितको बुवाको निधन भएपछि उनले पेस्की रकमको माग गरेका थिए । विवाद समाधानका लागि वडाध्यक्षले दुवै पक्षलाई सम्झाउने प्रयास गरेका छन् ।  वडाध्यक्ष ठक्कु यादवले भने, “दुवै पक्षलाई सम्झाएर विद्यालयमा शान्ति कायम गर्न प्रयास गरिएको छ। अहिले स्थिति सामान्य बनिसकेको छ र विद्यालयका शैक्षिक कार्य पुनः जारी छन् ।”

    ताजा सूचना

    • जेनजीको घोषणा - आन्दोलनका नाममा हुने लुटपाट अस्वीकार्य, भोलि वार्तामा बस्ने
    • रवि लामिछानेको दाबी - गृहसचिवस्तरीय निर्णयले म बाहिरिएको हुँ
    • कानुनी शासन स्थापित गर्न सहयोगका लागि प्रहरीको अपिल
    • यसरी जलिरहेको छ राष्ट्रपति भवन
    • जलेश्वर कारागारबाट ५७२ जना कैदी भागे
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.