३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा मधेस प्रदेश स्तरीय प्रज्ञा–नारी काव्य सङ्गोष्ठी सम्पन्न

    • अशोक यादब अशोक यादब
    • today२७ माघ २०८१

    वीरगञ्ज । मधेस प्रदेशभरका महिला स्रष्टाहरूको सहभागितामा प्रज्ञा–नारी काव्य सङ्गोष्ठी २०८१ शनिवार वीरगञ्जमा सम्पन्न भएको छ ।

    Ad
    Ad
    Ad

    भोजपुरी प्रतिष्ठान (वीरगञ्ज महानगरपालिका) र नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (काव्य/पद्य) विभागको सहकार्यमा आयोजित कार्यक्रम त्रिजुद्ध माविमा सम्पन्न भएको हो ।

    Ad
    Ad
    Ad

    भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न भएको सङ्गोष्ठीको उद्घाटन प्रज्ञा प्रतिष्ठान (काव्य/पद्य) विभाग प्रमुख बाबा बस्नेतले माता सरस्वतीको तस्बिरमा अबिर अर्पण गर्दै गरेकी थिइन् ।

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएकी प्रतिभावान् कवयित्रीहरूले आफ्नो उत्कृष्ट काव्य वाचन प्रस्तुत गरेका थिए ।

    सर्लाहीबाट सुमित्रा आचार्य, महोत्तरीबाट मञ्जु मञ्जुभाषिणी, सप्तरीबाट मिन्टु पटेल र रञ्जना झा, धनुषाबाट पुनम झा “मैथिली”, रौतहटबाट रेणुका जिसी, बाराबाट रिता चौधरी, सीता अधिकारी, राज श्री, पर्साबाट अनु कुमारी मेहता, मञ्जु कुमारी कोइराला, सीता शर्मा पन्थी, अस्मिता पटेल, उर्मिला गिरी, र सानिया हाडालगायत कवयित्रीहरूले मन छुने कविता सुनाएका थिए ।

    कार्यक्रममा वक्ताहरूले महिलाहरू केवल घरको भान्सा र गृहस्थीमै सीमित रहनुपर्ने धारणा तोड्ने कार्य सफलतापूर्वक भएको बताए । भाषा आयोगका सदस्य तथा भोजपुरी प्रतिष्ठानका सल्लाहकार गोपाल अश्कले कार्यक्रम मधेस प्रदेशमा महिला मात्र सहभागी भएको सम्भवतः पहिलो काव्य सङ्गोष्ठी रहेको बताए ।

    महिलाहरूको साहित्यिक स्थिति र योगदानबारे गीता भण्डारीले कार्यपत्र प्रस्तुत गरिन्, जसको टिप्पणी शोभा कुमारी पटेलले गरिन् ।

    कार्यक्रममा प्रज्ञा प्रतिष्ठान महाशाखा प्रमुख सन्ध्या पहाडी, प्रमोद पाण्डे, वरिष्ठ साहित्यकार मुकुन्द आचार्य, भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साह, र विभिन्न क्षेत्रका साहित्य प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको मुकेश महतोले जानकारी दिए ।

    कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका कार्यसमिति सदस्य अमोद गुप्ताले गरेका थिए भने सहजीकरण माधुरी महतोले गरेकी थिइन् ।

    काव्य सङ्गोष्ठीले मधेस प्रदेशको साहित्य क्षेत्रमा महिलाहरूको सशक्त उपस्थिति र योगदानलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

    ताजा सूचना

    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.