८ श्रावण २०८२, बिहिबार / 24 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जिराभावानीमा आगलागी, पचास हजार भन्दा बढीको क्षति

    • अमन गुप्ता अमन गुप्ता
    • today२७ माघ २०८१

    वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका – १ पिपरा टोलमा शनिवार राति ९ बजेको समयमा आगलागीको घटना भएको छ । स्थानीय शिवशङ्कर गिरीको फुसको घरमा विद्युत् सर्ट भएर आगो लागेपछि ठूलो क्षति भएको हो ।

    Ad
    Ad

    प्रहरीका अनुसार, आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, बर्तन र अन्य घरेलु सामग्रीहरू जलेर पचास हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

    Ad
    Ad

    घटनाबारे जानकारी प्राप्त भएपछि, इलाका प्रहरी कार्यालय सेढवा र महादेवपट्टी प्रहरी चौकीका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए ।

    Ad
     
     
    प्रहरी नायब निरीक्षक राजाराम यादवका अनुसार, आगो फैलिन नदिन र नियन्त्रणमा लिन स्थानीयवासी, प्रहरी चौकी महादेवपट्टी, इलाका प्रहरी कार्यालय सेढवा र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका टोलीहरूले सक्रियता देखाए । संयुक्त प्रयासबाट आगो फैलिनुबाट रोकिएको र ठूलो क्षतिको अवस्था नआएको उनले बताए ।

    घटनामा जनमालको क्षति नभए पनि घरमा रहेका महत्त्वपूर्ण सामग्री जलेर नष्ट भएको र पीडित परिवारलाई तत्काल राहतको आवश्यकता रहेको स्थानीय स्तरबाट चिन्ता व्यक्त गरिएको छ ।

    प्रहरीले आगलागीको कारणको बारेमा अनुसन्धान जारी राखेको जनाएको छ ।

    ताजा सूचना

    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    • अब शीर झुकाउने होइन, समृद्धिको पुल बाँध्ने बेला : मन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.