१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मुख्यमन्त्री सिंहद्वारा जनकपुरस्थित मुस्कान अस्पतालमा अनुगमन, बन्द गरेर सरकारलाई साँचो बुझाउन निर्देशन

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today२६ माघ २०८१

    वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको पिराडी चोकस्थित अवैध रूपमा सञ्चालनमा रहेको मुस्कान अस्पताल अनुगमन गर्दै तत्काल अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । शुक्रवार राति अनुगमनका क्रममा अस्पतालले आवश्यक स्वीकृति नलिएको, जनशक्ति व्यवस्थापन नमिलाइएको र मापदण्ड अनुरूप भौतिक संरचना नरहेको पाइएको थियो । मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालकलाई त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा व्यवस्थित रूपमा स्थानान्तरण गर्न निर्देशन दिँदै, शनिवार बिहान ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर सरकारलाई साँचो बुझाउन आदेश दिएका छन् ।

    Ad
    Ad
    Ad

     

     

    अस्पतालमा तीन जना बिरामी उपचाररत रहेको पाइएको छ । केही दिनअघि सोही अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि सर्लाहीको हरिपूर्वा नगरपालिका–५ की २५ वर्षीय बबिता यादव गम्भीर अवस्थामा पुगेको समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री सिंहको ध्यानाकर्षण भएको थियो ।

    Ad
    Ad
    Ad

     

    घटनापछि, शुक्रवार साँझ पहिलो पटक मुस्कान अस्पताल पुग्दा मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालकलाई भेट्न सकेनन् । तर, अस्पतालमा केवल एक जना स्टाफ नर्स र एक जना सिकाएका कर्मचारी भरमा सेवा सञ्चालन भइरहेको पाइएको थियो । दोस्रो पटक राति साढे १० बजे अस्पतालमा पुगेका मुख्यमन्त्री सिंहले अस्पतालको वैधता, जनशक्ति तथा भौतिक संरचना सम्बन्धी कागजात अध्ययन गरेका थिए ।मुख्यमन्त्री सिंहका अनुसार, अस्पतालले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको पुष्टि भएको छ । स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा लापरबाही देखिनु गम्भीर विषय भएको उनले बताए ।

    Ad
    Ad
    Ad
    Ad

     

    मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालन अनुमति बिना सेवा प्रवाह गर्न नपाइने भन्दै, यदि सञ्चालक स्वयंले अस्पताल बन्द नगरेमा सरकारको टोली परिचालन गरी कारबाही गरिने चेतावनी दिएका छन् । प्रदेश सरकारका अनुसार, स्वीकृति बिना सञ्चालन भइरहेका निजी अस्पताललाई पटक–पटक वैध प्रक्रिया पूरा गर्न ताकेता गर्दा पनि अटेर गर्ने प्रवृत्ति बढिरहेको छ । सरकारले यस्ता अस्पतालहरूलाई तत्काल आवश्यक मापदण्ड पूरा गरी सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।मुख्यमन्त्री सिंहले नागरिक स्वास्थ्यसँग सम्झौता गर्न नहुने बताउँदै भने, “स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र हो । अस्पतालहरूले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गर्नु गम्भीर लापरबाही हो, यसलाई कुनै हालतमा सह्य गरिने छैन ।” घटनापछि प्रदेशभरका स्वास्थ्य संस्थाहरूलाई कानुनी दायरामा रहेर सेवा प्रवाह गर्न पुनः सचेत गराइएको छ ।

    ताजा सूचना

    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.