९ श्रावण २०८२, शुक्रबार / 25 July 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा अकस्मात आगलागी, विद्युत सर्टको आशंका

    • अशोक यादब अशोक यादब
    • today२६ माघ २०८१

    काठमाडौँ । खानेपानी मन्त्रालयमा शनिबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ। खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा अकस्मात आगलागी भएपछि सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।आगलागीका कारण मन्त्रालयमा रहेका दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सी र कार्पेटमा क्षति पुगेको छ। यद्यपि, अति आवश्यक कागजातमा कुनै क्षति नभएको मन्त्री यादवले जानकारी दिनुभयो।मन्त्री यादवले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगलागीको सम्भावित कारण विद्युत सर्ट हुन सक्ने आशंका व्यक्त गर्नुभयो। "शुक्रबार नै कार्यालयमा विद्युतको तार पोलिएको गन्ध आएको थियो, तर पानी तताउने मेसिनको कारण हो भन्ने सोचेर बेवास्ता गरियो," उहाँले बताउनुभयो।

     

    Ad
    Ad


    उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि आगलागीको सम्भावित कारण विद्युत सर्ट भएको हुनसक्ने उल्लेख गर्दै अनुसन्धान जारी रहेको जानकारी दिनुभयो। "ठूलो क्षति हुनबाट बचिएको छ। अब मन्त्रालयको सम्पूर्ण विद्युत वायरिङको जाँच गरिनेछ," मन्त्री खड्काले बताउनुभयो।

     

    Ad
    Ad

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। आगलागीको वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोलीले मन्त्रालयको विद्युत प्रणालीको जाँच गर्ने तयारी गरेको छ।मन्त्रालयले सुरक्षा मापदण्डलाई अझ कडाइका साथ पालना गर्दै भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ ध्यान दिने प्रतिबद्धता जनाएको छ।

     

    ताजा सूचना

    • नागरिक प्रथम अभियान अन्तर्गत बारा र पर्साका चार्टर्ड अकाउन्टेन्टहरूसँग मधेस समृद्धिको विषयमा गम्भीर छलफल
    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.