१० श्रावण २०८२, शनिबार / 26 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवमूल्यन : गृहमन्त्री लेखक

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२४ माघ २०८१

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो जीवन मूल्य र आदर्शप्रति कै अवमूल्यन हो भन्ने ठानेको बताएका छन् ।  प्रतिनिधिसभाको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेहा रौनियार र सत्येन्द्रकुमार रामबिच भएको अन्तरजातीय विवाह सम्बन्धमा प्रकाशित समाचार अभिव्यक्त चासोहरू र सांसदहरूले उठाएको विषयमा गम्भीर रूपमा ध्यानाकर्षण भएको बताए ।  वैयक्तिक स्वतन्त्रता र मानव अधिकारको ग्यारेन्टीका लागि विद्यार्थीकालदेखि लड्दै आएको म अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रति कै अवमूल्यन हो भन्ने म ठान्दछु ।’ उनले भने– ‘नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ ।’

    Ad
    Ad


    उनले अन्तरजातीय विवाहबारे देशमा पटक–पटक विषयहरू उठ्ने गरेका बताउँदै कुनै प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा आफू सधैँ रहेको जानकारी दिए । ‘यस विषयमा म र मेरो मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ’ उनले भने– ‘म अत्यन्त जाँदा संवेदनशील छु, म कुनै प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहेको छु, यो मेरो मात्रै विचार होइन, म सम्बद्ध भएको पार्टी नेपाली कांग्रेस जन्मकालदेखि नै जातीय विभेद र छुवाछुत विरुद्ध रहेको पाटी हो,म त्यसमा अहिले पनि र जीवनभर प्रतिबद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु ।’

     

    Ad
    Ad


    अन्तरजातीय विवाहलाई कानुनले नै मान्यता दिएको बताउँदै उनले  उक्त कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने निकाय गृह मन्त्रालय भएको र गृह मन्त्रालय कानुनी व्यवस्थालाई अक्षर: कार्यान्वयन गराउन प्रतिबद्ध रहेको जानकारी दिए । ‘समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोलकल्पित र असत्य हो भन्ने म आग्रह गर्न चाहन्छु’ लेखकले भने– ‘समाचार थाहा पाउँदा बित्तिकै मैले गृह मन्त्रालयको तर्फबाट धारणा स्पष्ट पारिसकेको र नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य सार्वजनिक गर्न निर्देशन दिए अनुसार नेपाल प्रहरीले समेत विवरण सार्वजनिक गरिसकेको छ । तथापि यस विषयमा कहीँ पनि त्रुटि भएको देखिए छानबिन र कानुन बमोजिम कारबाही गर्ने कुरा म सम्मानित सदनलाई विश्वास दिलाउन चाहन्छु ।’

     

    Ad

    उनले पीडितको गुनासो सम्बाेधन गर्ने र सम्पूर्ण सुरक्षाको प्रत्याभूती दिने कुरामा गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए । ‘नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ, उहाँहरूको जीवनमा कुनै प्रतिकुल प्रभाव पर्न दिइने छैन’ लेखकले भने– ‘सरकारले सम्पूर्ण रूपमा संरक्षण गर्ने छ भन्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ तथ्यहरूलाई तोडमोड गर्ने र समाजलाई अनावश्यक रूपमा विभाजनतिर धकेल्ने मनसायका साथ समाचार सम्प्रेषण नगर्न मन्त्री लेखकले सञ्चारगतलाई आग्रह समेत गरे । 

    ताजा सूचना

    • नागरिक प्रथम अभियान अन्तर्गत बारा र पर्साका चार्टर्ड अकाउन्टेन्टहरूसँग मधेस समृद्धिको विषयमा गम्भीर छलफल
    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.