३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा भन्सार छली गरिएका मोबाइल पार्ट्स र पशु बरामद

    • बिशाल यादब बिशाल यादब
    • today२४ माघ २०८१

    वीरगञ्ज । सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले भन्सार छली गरी ल्याइएका मोबाइल पार्ट्स, इलेक्ट्रोनिक सामग्री तथा पशु चौपायासहित करिब चार लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ।डीएसपी लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१०, गोश्वारा सडकखण्डमा मोटरसाइकलको खानतलासी गर्दा अवैध रूपमा भन्सार छलिएको दुई लाख रुपैयाँ बराबरका मोबाइल पार्ट्स तथा इलेक्ट्रोनिक सामग्री फेला पारेको हो। सो मोटरसाइकलको मूल्य पनि दुई लाख रुपैयाँ रहेको हुँदा बरामद गरिएको सम्पूर्ण सामग्रीको मूल्य चार लाख रुपैयाँ बराबर पुगेको डिएसपी सुब्बाले जानकारी दिए।

    Ad
    Ad
    Ad

     

    बरामद सामग्री र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको बताइएको छ। त्यस्तै, आजैको दिन डीएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको अर्को टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१, भकुवा खोला नाकाबाट अवैध रूपमा भित्र्याइँदै गरेको करिब ५० हजार रुपैयाँ बराबरको १ वटा भैंसी र १ वटा पाडा नियन्त्रणमा लिएको छ।

    Ad
    Ad
    Ad

     

    सशस्त्र प्रहरी नायब उपरीक्षक सुब्बाले खुला सीमाको फाइदा उठाउँदै भन्सार छली गरी अवैध सामान भित्र्याउने कार्यलाई रोक्न सशस्त्र प्रहरी बलको सक्रियता बढाइएको बताए। बरामद सबै सामानलाई आवश्यक प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी समेत उनले दिए।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.