२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा भन्सार छली गरिएका मोबाइल पार्ट्स र पशु बरामद

    • बिशाल यादब बिशाल यादब
    • today२४ माघ २०८१

    वीरगञ्ज । सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले भन्सार छली गरी ल्याइएका मोबाइल पार्ट्स, इलेक्ट्रोनिक सामग्री तथा पशु चौपायासहित करिब चार लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ।डीएसपी लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१०, गोश्वारा सडकखण्डमा मोटरसाइकलको खानतलासी गर्दा अवैध रूपमा भन्सार छलिएको दुई लाख रुपैयाँ बराबरका मोबाइल पार्ट्स तथा इलेक्ट्रोनिक सामग्री फेला पारेको हो। सो मोटरसाइकलको मूल्य पनि दुई लाख रुपैयाँ रहेको हुँदा बरामद गरिएको सम्पूर्ण सामग्रीको मूल्य चार लाख रुपैयाँ बराबर पुगेको डिएसपी सुब्बाले जानकारी दिए।

    Ad
    Ad
    Ad

     

    बरामद सामग्री र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको बताइएको छ। त्यस्तै, आजैको दिन डीएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको अर्को टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१, भकुवा खोला नाकाबाट अवैध रूपमा भित्र्याइँदै गरेको करिब ५० हजार रुपैयाँ बराबरको १ वटा भैंसी र १ वटा पाडा नियन्त्रणमा लिएको छ।

    Ad
    Ad
    Ad

     

    सशस्त्र प्रहरी नायब उपरीक्षक सुब्बाले खुला सीमाको फाइदा उठाउँदै भन्सार छली गरी अवैध सामान भित्र्याउने कार्यलाई रोक्न सशस्त्र प्रहरी बलको सक्रियता बढाइएको बताए। बरामद सबै सामानलाई आवश्यक प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी समेत उनले दिए।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.