२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कुराइस कर बनाउने बहानामा ‘हनी ट्र्याप’, १० लाख ठग्न खोजेकी युवती पक्राउ

    • दिलखुस देवान दिलखुस देवान
    • today२४ माघ २०८१

    वीरगञ्ज । ‘हनी ट्र्याप’ मार्फत आपराधिक लाभ उठाएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । चितवनको रत्ननगर नगरपालिका–८ स्थायी घर भई हाल काठमाडौँ–१३ कुलेश्वर बस्दै आएकी २८ वर्षीय अस्मिता आचार्य पक्राउ परेकी हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार अपराह्न कुलेश्वरमै उनलाई नियन्त्रणमा लिएको हो ।

    Ad
    Ad
    Ad

     

    कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अस्मिताले इलेक्ट्रोनिक्स उपकरण मर्मत गर्ने एक व्यक्तिलाई योजनाबद्ध रूपमा ‘हनी ट्र्याप’ मा पारेर ठूलो रकम असुलेकी थिइन् । राइस कुकर बनाउने बहाना, लाखौँ असुली प्रहरी अनुसन्धानअनुसार, आचार्यले पीडितलाई पटक–पटक राइस कुकर मर्मत गर्ने बहानामा आफ्नो कोठामा बोलाइन् । त्यसपछि उनले विभिन्न दबाब र धम्की प्रयोग गरी रकम माग्न थालिन् । रकम दिन अस्वीकार गरे पीडितलाई जबरजस्ती करणीको झुटो मुद्दामा फसाउने धम्की दिइएको खुलेको छ ।

    Ad
    Ad
    Ad

     

    अनुसन्धानका क्रममा पीडितबाट १० लाख रुपैयाँ असुल गर्न खोजेको पुष्टि भएको प्रहरीको भनाइ छ । जसमध्ये तीन लाख रुपैयाँ चेकमार्फत दिइएको थियो भने बाँकी सात लाख एक साताभित्र तिर्ने सम्झौतासहित असुल्ने तयारी भइरहेको अवस्थामा प्रहरीलाई खबर पुगेको थियो । प्रहरीको निगरानीमा अस्मिता प्रहरीले सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा आचार्य आफ्नै कोठामा रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको थियो । अहिले उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    प्रहरीका अनुसार आचार्यविरुद्ध आपराधिक लाभसम्बन्धी मुद्दा दर्ता गरिएको छ, र उनलाई कानुनी प्रक्रियाअनुसार कारबाही गरिनेछ ।

     

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.