२७ आश्विन २०८३, मंगलबार / 13 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रगतिबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today२४ माघ २०८१

    वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्गको हालसम्मको प्रगति, विद्यमान समस्या र समाधानका उपायबारे बुधवार ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल तथा उच्चाधिकारीहरूको सहभागिता रहेको थियो।

    Ad
    Ad
    Ad

     

    बैठकमा नेपाली सेनाका प्रतिनिधिले आयोजनाको सुरुवात विन्दू खोकनामा लामो समयदेखि रहेको जग्गा अधिग्रहणको समस्या, आयोजनामा पर्ने रुख कटानमा ढिलाइजस्ता बाधाहरूबारे जानकारी गराए। प्रधानमन्त्री ओलीले नेपाली सेनालाई आयोजना जिम्मा दिँदा सोच विचार गरेर निर्णय गरिएको भन्दै गुणस्तरीय काम हुने विश्वास व्यक्त गरे। साथै, खोकना क्षेत्रमा देखिएका समस्याबारे सम्बन्धित मन्त्रालयले थप अध्ययन गरी समाधानको प्रस्ताव ल्याउन निर्देशन दिए।

    Ad
    Ad
    Ad

     

    कुल ७०.९७ किलोमिटर दूरीको यो द्रुतमार्गको लागत रु दुई खर्ब ११ अर्ब ९३ करोड रहेको छ। आयोजनाको निर्माण कार्य विसं २०७४ मा सुरु भएको थियो भने संशोधित समयावधि अनुसार २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ।नेपाली सेनाको जंगी अड्डाका अनुसार हालसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ३७.६ प्रतिशत र वित्तीय प्रगति ३९.७४ प्रतिशत पुगेको छ। प्रधानमन्त्री ओलीले निर्माण कार्यलाई तीव्रता दिन सबै पक्षले समन्वय गरी समस्या समाधान गर्न जोड दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.