१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने

    • अशोक यादब अशोक यादब
    • today२४ माघ २०८१

    वीरगञ्ज । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक चलिरहेको छ । बैठकको आकस्मिक समयमा सांसदले आ–आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकबाट सरकारले संसद्मा प्रस्तुत गरेको अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको छ । यसअघि ती अध्यादेश छलफल गरेर पारित गर्ने कार्यसूची रहेको थियो । अध्यादेश हटाइएको र संशोधित कार्यसूची आएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

    Ad
    Ad
    Ad

     

    आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने कार्यसूची तय गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिनेछ । यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची छ ।

    Ad
    Ad
    Ad


     

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रकृति श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८०’ पेस गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेस गर्नेछन् ।

    Ad
    Ad
    Ad
    Ad

     

    प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकलाई सम्बोधन गर्नेछन् । सरकारकारतर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पनि बैठकलाई सम्बोधन गर्नुहुने जनाइएको छ । भ्रष्टाचार र सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन पनि सदनमा टेबुल गरिनेछ ।

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.