२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेश प्रदेशमा ५२ वनरक्षकका लागि खुल्यो विज्ञापन

    • अमन गुप्ता अमन गुप्ता
    • today२४ माघ २०८१

    जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक तेस्रो तह वनरक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । प्रदेश निजामती सेवाको वनसेवा, जनरल फरेस्ट्री समूहका सहायक तेस्रो तह वनरक्षक पद (खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदवारहरूबाट बिहीबार दरखास्त आह्वान गरिएको हो ।

    Ad
    Ad
    Ad

     

    मधेश प्रदेशमा स्वीकृत दरबन्दीअनुसार ५२ वनरक्षक रिक्त रहेको प्रदेश वन तथा वातावरण मन्त्रालयले प्रदेश लोकसेवा आयोगलाई जानकारी गराएको थियो । आयोगले सोहीअनुसार ५२ वनरक्षकका लागि प्रतियोगितात्मक परीक्षा हुनेगरी विज्ञापन गरेको हो ।आयोगमा अध्यक्षलगायत एक सदस्य रिक्त रहेकाले प्रदेशका रिक्त दरबन्दी पूर्ति गर्न कठिन हुँदैआएको थियो । जनमत नेतृत्वको प्रदेश सरकारले आयोगका अध्यक्ष र एक सदस्य नियुक्त गरेपछि रिक्त दरबन्दीका लागि विज्ञापन, कर्मचारी बढुवालगायतका काममा तीव्रता आएको छ । 

    Ad
    Ad
    Ad

     


    आयोगले प्रकाशित गरेको विज्ञापनमा खुलातर्फ २७, मधेशी महिला ७ जना, दलित महिला २ जना, मुस्लिम महिला २ जना, मुस्लिम १ जना, आदिवासी जनजाति महिला एकजना, थारू महिला १ जना, आर्थिक रूपले विपन्न खसआर्य महिला १ जना र अपाङ्ग महिला गरी एकजनाका लागि दरखास्त आह्वान भएको जनाइएको छ । वनजङ्गलको नियमित गश्ती गर्ने, वनजङ्गलबाट चोरीनिकासी हुन नदिने, आफूले गश्ती गर्ने वनको अवस्थाबारे जानीराख्ने र त्यसबारे सम्बन्धित वन कार्यालयलाई जानकारी दिने, वनक्षेत्रमा आगलागी हुन नदिने र अकस्मात् आगलागी भएमा वनजङ्गल र वन्यजन्तुलाई जोगाउने तथा आगलागी नियन्त्रण गर्ने, वन्यजन्तुको स्वास्थ्यको ख्याल गर्ने, वन्यजन्तुहरू बिरामी भएमा वा घाइते भेटिएमा उपचारको प्रबन्ध मिलाउने, वनजङ्गलका माउ रुख पहिचान गर्ने, बिउ संकलन, बिरुवा उत्पादन र वृक्षरोपणजस्ता कार्य गर्ने जस्ता जिम्मेवारी वनरक्षकको हुने गर्दछ । 

    Ad
    Ad
    Ad
    Ad

     

    प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रदेशसचिव उद्धवबहादुर घिमिरेले प्रदेशमा तीन सय २२ जना वनरक्षकको दरबन्दी रहेको बताए । उनले त्यसका अतिरिक्त ८ सुबेदार, १६ जमदार, ३२ हबलदार र १२८ सशस्त्र वनरक्षक गरी १ सय ८२ जना सङ्घीय दरबन्दीमा कार्यरत छन् ।  वनरक्षकका लागि शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ । पहिलो चरणको परीक्षा आगामी २०८२ जेठ १५ बाट सञ्चालन हुनेछ ।

    ताजा सूचना

    • हिन्दू पत्रकार संघका पदाधिकारी र धार्मिक अभियन्ताहरू माईस्थानमा सम्मानित: "जातपात बिदाइ गरौँ, सनातनी भाइ-भाइ बनौँ" वीरगन्ज-
    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.