१६ फाल्गुन २०८२, शनिबार / 28 February 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • छिपहरमाईमा निशूल्क आँखा शिविरः ३१५ जनाको चेकजाँच

    • बिशाल यादब बिशाल यादब
    • today२४ माघ २०८१

    वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ टिहुकीमा निःशूल्क आँखा शिविर सम्पन्न भएको छ । छिपहरमाई गाउँपालिकाको सहयोगमा श्री उद्यमशिलता सृजना तालिम तथा परामर्श केन्द्रको आयोजनमा शिविर सम्पन्न भएको हो । टिहुकीस्थित बर्थिङ्ग सेन्टरमा भएको शिविरको उद्घाटन छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले गरेका थिए । 

    Ad
    Ad
    Ad

    गाउँका कोही पनि नागरिक आँखा सम्बन्धी समस्यासँग जुध्न नपरोस् भन्ने हेतुले पालिकामा निःशूल्क आँखा शिविरको आयोजना गरिएको अध्यक्ष गुप्ताले बताए । उनकाअनुसार शिविरलाई पालिकाका हरेक वडामा सञ्चालन गरिनेछ । 

    Ad
    Ad
    Ad

    शिबिरमा आँखा चेकजाँच गर्दा भेटिएका मोतिबिन्दुका बिरामीहरुको निःशूल्क शल्यक्रिया गरिने पनि उनले जानकारी दिए । 

    Ad
    Ad
    Ad
    Ad

     
    छिपहरमाई गाउँपालिका वडा नम्बर ३ का वडाअध्य दिपेन्द्र सिंहकाअनुसार पालिकाले नागरिकलाई लक्षित गर्दै आयोजना गरेको शिविरबाट लाभ लिन आग्रह गरे । 

    वडा नम्बर २ का वडाअध्यक्ष महेन्द्र साह कलवारको अध्यक्षतामा भएको शिविरमा वडाअध्यक्ष कामेश्वर यादव, मौजीलाल साह कानु, टिहुकीका पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता, गाउँपालिका प्रसाशन प्रमुख सत्रुधन यादव, किरण आँखा अस्पताल वीरगञ्जका चन्दन सहनी, सशस्त्र प्रहरी निरिक्षक कृष्णा गिरी, बासुदेव साह, शिक्षक सुरेश साह, मनोज पटेल लगायतको सहभागिता रहेको थियोे ।

    शिविरमा ३ सय १५ जनाले आँखा परीक्षण गराएका थिए । जसमध्ये १ सय ५ जनामा मोतिबिन्दुको समस्या देखिएको थियो । मोतिबिन्दुको समस्या देखिएका बिरामीहरुको वीरगञ्जस्थित किरण आँखा अस्पतालमा निःशूल्क शल्यक्रिया गरिनेछ । 

    २४ गते आज वडा नम्बर १ मिर्जापुर स्वास्थ्य चौकी र जयमंगलापुर स्वास्थ्य चौकीमा भइरहेको छ भने भोली तुल्सीबर्वा स्वास्थ्य चौकी र भिस्वा स्वास्थ्य चौकीमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

    ताजा सूचना

    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    • कालोसूचीमा रहेको आरोपसहित पर्सा–३ का उम्मेदवार रुपेश पाण्डेविरुद्ध उजुरी, उम्मेदवारी खारेजको माग
    • अनिल रुंगटाको 'मौसमी' घरदैलो: उद्योगमा भारतीयलाई प्राथमिकता, चुनावमा नेपालीलाई सपना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.