१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विद्युतीय सवारी साधनको आक्रामक बजार विस्तार गर्दै शशिला मोटर्स

    • अशोक यादब अशोक यादब
    • today२३ माघ २०८१

    वीरगञ्ज । विद्युतीय सवारी साधन बिक्रेता कम्पनी शशिला मोटर्सले विभिन्न कम्पनीका सवारी साधन वीरगन्जबाट पनि बिक्री वितरण शुरु गरेको छ । वीरगञ्ज स्थापना गरिएको ‘शो रुम’ को आज औपचारिक उदघाटन गर्दै किटोन, हाईगर भेन्चे लगायतका विद्युतीय सवारी साधनहरुको बिक्री वितरण शुरु गरेको हो ।वीरगञ्जमा स्थापना गरिएको शो रुमको पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ का सांसद तथा मधेस प्रदेश सरकारका पूर्व राज्यमन्त्री रहबर अन्सारीले उदघाटन गरे । शो रुमको उदघाटन गर्दै उहाँले नेपालको समृद्धिको लागि विद्युत निर्यात भन्दा खपत बताए ।

    Ad
    Ad
    Ad


    उनले पछिल्लो समयमा विद्युतीय सवारी साधनहरुले नेपालको व्यापारघाटा कम गर्न सहयोग पु¥याएको भन्दै वातावरण प्रदूषण नियन्त्रण र इन्धनको आयात कम गर्न तथा देशमै उत्पादन गरिएको विद्युत खपत गर्न विद्युतीय गाडी उपयुक्त रहेको बताए । उनले वातावरणलाई शान्त र प्रदूषण रहित बनाउन विद्युतीय सवारी साधनले भूमिका खेलेको बताए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का बरिष्ठ उपाध्यक्ष तथा नारायणी एफ.एम र रेस खबर डटकमका अध्यक्ष गोविन्द देवकोटाले इभी गाडीहरूको प्रचलन बढाउन र देशको ऊर्जा स्रोतहरूको अधिकतम प्रयोग गर्न महत्वपूर्ण योगदान पु–याउने बताए ।

    Ad
    Ad
    Ad

     

    शो रुम उदघाटनकै दिन शशिला मोटर्सले बिक्री गरेको पाँचवटा विद्युतीय सवारी साधनको चाबी सम्बन्धित ग्राहकलाई हस्तान्तरण गरेको छ ।
    शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले सवारी साधन बिक्री भन्दा बिक्री पछिको सेवालाई सहज र प्रभावकारी बनाउनु कम्पनीले प्राथमिकता दिने गरेको बताए ।अगामी दिनमा ग्राहकलाई उच्चतम सेवा र गुणस्तरीय गाडी प्रदान गर्ने प्रतिबद्धता रहने बताए । यसअघि कम्पनीले बाराको सिमरामा रहेको राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज यातायात प्रालिका व्यवासायीलाई ३० वटा किटोन ब्राण्डका १४ सिटे इभी गाडीहरूको हस्तान्तरण गरेको थियो ।शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा भूमि समस्या समाधान समिति पर्साका अध्यक्ष तबरेज अहम, नेकपा एमालेका नेता सलाउद्दीन अहमद लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.