९ श्रावण २०८२, शुक्रबार / 25 July 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विद्युतीय सवारी साधनको आक्रामक बजार विस्तार गर्दै शशिला मोटर्स

    • अशोक यादब अशोक यादब
    • today२३ माघ २०८१

    वीरगञ्ज । विद्युतीय सवारी साधन बिक्रेता कम्पनी शशिला मोटर्सले विभिन्न कम्पनीका सवारी साधन वीरगन्जबाट पनि बिक्री वितरण शुरु गरेको छ । वीरगञ्ज स्थापना गरिएको ‘शो रुम’ को आज औपचारिक उदघाटन गर्दै किटोन, हाईगर भेन्चे लगायतका विद्युतीय सवारी साधनहरुको बिक्री वितरण शुरु गरेको हो ।वीरगञ्जमा स्थापना गरिएको शो रुमको पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ का सांसद तथा मधेस प्रदेश सरकारका पूर्व राज्यमन्त्री रहबर अन्सारीले उदघाटन गरे । शो रुमको उदघाटन गर्दै उहाँले नेपालको समृद्धिको लागि विद्युत निर्यात भन्दा खपत बताए ।

    Ad
    Ad


    उनले पछिल्लो समयमा विद्युतीय सवारी साधनहरुले नेपालको व्यापारघाटा कम गर्न सहयोग पु¥याएको भन्दै वातावरण प्रदूषण नियन्त्रण र इन्धनको आयात कम गर्न तथा देशमै उत्पादन गरिएको विद्युत खपत गर्न विद्युतीय गाडी उपयुक्त रहेको बताए । उनले वातावरणलाई शान्त र प्रदूषण रहित बनाउन विद्युतीय सवारी साधनले भूमिका खेलेको बताए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का बरिष्ठ उपाध्यक्ष तथा नारायणी एफ.एम र रेस खबर डटकमका अध्यक्ष गोविन्द देवकोटाले इभी गाडीहरूको प्रचलन बढाउन र देशको ऊर्जा स्रोतहरूको अधिकतम प्रयोग गर्न महत्वपूर्ण योगदान पु–याउने बताए ।

     

    Ad
    Ad

    शो रुम उदघाटनकै दिन शशिला मोटर्सले बिक्री गरेको पाँचवटा विद्युतीय सवारी साधनको चाबी सम्बन्धित ग्राहकलाई हस्तान्तरण गरेको छ ।
    शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले सवारी साधन बिक्री भन्दा बिक्री पछिको सेवालाई सहज र प्रभावकारी बनाउनु कम्पनीले प्राथमिकता दिने गरेको बताए ।अगामी दिनमा ग्राहकलाई उच्चतम सेवा र गुणस्तरीय गाडी प्रदान गर्ने प्रतिबद्धता रहने बताए । यसअघि कम्पनीले बाराको सिमरामा रहेको राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज यातायात प्रालिका व्यवासायीलाई ३० वटा किटोन ब्राण्डका १४ सिटे इभी गाडीहरूको हस्तान्तरण गरेको थियो ।शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा भूमि समस्या समाधान समिति पर्साका अध्यक्ष तबरेज अहम, नेकपा एमालेका नेता सलाउद्दीन अहमद लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    ताजा सूचना

    • नागरिक प्रथम अभियान अन्तर्गत बारा र पर्साका चार्टर्ड अकाउन्टेन्टहरूसँग मधेस समृद्धिको विषयमा गम्भीर छलफल
    • मधेसमा खडेरी संकट: धान रोपाइ प्रभावित, चार मन्त्रालयको संयुक्त कार्यदल गठन
    • श्रावणको सोमबारीमा आस्थामाथि मुनाफाखोरीको प्रहार! – फलफूलको मूल्य आकासिँदा गरीबको व्रत संकटमा, जिम्मेवार निकाय मौन किन?
    • पोखराको लेकसाइडमा विदेशी पर्यटकमाथि लुटपाट! – केन्याली युट्युबरबाट छुरा देखाएर १७ सय डलर लुटियो, प्रहरी बेखबर!
    • फेसबुकमार्फत मोहम्मद समीर उर्फ 'आकाश'द्वारा नेपाली नाबालिग केटीको तस्करी प्रयास विफल – रक्सौल एसएसबीको सूझबुझबाट ठूलो दुर्घटना टर्‍यो!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.