३० असार २०८३, मंगलबार / 14 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जसपा नेपालको अध्यादेश कार्यदलले अर्थविद्सँग छलफल गर्दै, आजै प्रतिवेदन बुझाउने तयारी

    • दिलखुस देवान दिलखुस देवान
    • today२३ माघ २०८१

    वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन कार्यदलको बैठक आज पनि बस्दै छ । आज अर्थविदहरुसँग छलफल गर्ने कार्यदलका संयोजक राजकिशोर यादवले बताए । त्यसका लागि दिउँसो एक बजे बैठक बस्ने यादवले बताए ।कार्यदलले मंगलबार सिंहदरबारमा विज्ञहरूसँग भूमि सम्बन्धी अध्यादेशबारे छलफल गरेको थियो । आज अर्थविदहरुसँग छलफल गरेर शीर्ष नेतृत्वलाई अध्यादेशबारे सुझाव प्रतिवेदन बुझाउने यादवले बताए ।सरकारले संसद् नरहेका बेला ल्याएका ६ वटा अध्यादेशबारे पार्टीको धारणा बनाउन जसपा नेपालले राजकिशोर यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलको सुझावको आधारमा अध्यादेश स्वीकार गर्ने कि नगर्ने भन्नेबारे जसपा नेपालले निर्णय लिने छ ।

    Ad
    Ad
    Ad

     


    अध्यादेशलाई संघीय संसद्का दुवै सदनले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । माघ २४ गते अर्थात् विहीबार बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा सरकारले ल्याएका अध्यादेशहरु निर्णयार्थ पेस गर्ने तयारी छ ।विपक्षी दलहरूले भने अध्यादेश अस्वीकृत गर्नका लागि विरोधको सूचना दर्ता गरेका छन् । प्रतिनिधि सभामा ५० वटा र राष्ट्रिय सभामा १६ वटा अस्वीकृतको सूचना दर्ता भएको छ ।

    Ad
    Ad
    Ad

     

    विपक्षमा रहेका दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतले अध्यादेश अस्वीकृत गर्ने भनेर सूचना नै दर्ता गरिसक्दा समेत जसपा नेपालले निर्णय लिन सकेको छैन ।प्रतिनिधि सभामा सत्तापक्षमा प्रष्ट बहुुमत छ । तर, राष्ट्रिय सभामा जसपा नेपालको मत निर्णायक छ । यसकारण जसपा नेपालले विज्ञहरुसँग परामर्श गरेर नै अध्यादेशबारे निर्णय लिन लागेको हो ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    • रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
    • सञ्चारगृहअगाडि शंकास्पद गाडी पार्किङ पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
    • नेपाल टेलिकमका निलम्बित एमडी सुनिल पौडेलविरुद्ध २३.७५ करोडको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.